२०८१ माघ २७, आईतवार
February 9, 2025, Sunday

गोविन्दराजलाई केन्द्रीय सदस्य बनाउने देउवाको प्रस्ताव जोशी समूहद्वारा अस्वीकार

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई केन्द्रीय सदस्यको प्रस्ताव गरेका छन् । यद्यपि जोशी समूहले देउवाको उक्त प्रस्ताव अस्वीकार गरेको छ ।

देउवाले सोमबार जोशीका छोरा दीपकराजलाई भेटेका हुन् । भेटघाट विनानिष्कर्ष टुंगिएको छ ।

बुबालाई केन्द्रीय सदस्य बनाउने देउवाको प्रस्तावमा छोरा दीपकराजले अस्वीकार गरेका हुन् ।

नेपाली कांग्रेसले आउँदो उपचुनावलाई मध्यनजर गर्दै पूर्वमन्त्री गोविन्दराज जोशीमाथि गरेको कारबाही फिर्ताको निर्णय गरेको थियो । तर, कांग्रेसले आफूलाई कारबाही गरेर साधारण सदस्यबाट समेत निष्कासन गरिसकेकाले यस पार्टीसँग आफ्नो कुनै साइनो नरहेको जोशीले बताइसकेका छन् ।

Related News

“नेपालका पाँच विश्वविद्यालय बीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता”
“नेपालका पाँच विश्वविद्यालय बीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता”
  • २०७९ चैत्र २७

दिपायल – नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई...

TOP