काठमाडौँं – राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार सचिवमा पत्रकार किरण पोखरेललाई नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले पोखरललाई सञ्चार सचिवमा नियुक्त गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आउनुभएका पोखरेल यसअघि सूचना आयोगका पूर्व आयुक्तसमेत भइसक्नु भएको छ । उहाँ नेपाल प्रेस युनियनको पूर्व अध्यक्ष पनि हुनुहुन्छ ।
यसअघि, राष्ट्रपति पौडेलले प्रेस संयोजकमा खिला कार्कीलाई नियुक्त गर्नुभएको थियाे ।
यसैगरी, राष्ट्रपति पौडेलले राजनीतिक विज्ञमा सुनीलबहादुर थापा, कानुनी विज्ञमा बाबुराम कुँवर, परराष्ट्र विज्ञमा डा. सुरेशचन्द्र चालिसे, आर्थिक विज्ञमा डा. चिरञ्जीवी पौडेल र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गर्नुभएको थियाे ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...