२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

लेखराज भट्टको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का सचिव लेखराज भट्टको घरमा पुग्नुभएको छ ।

आइतबार कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलबाट प्रधानमन्त्री प्रचण्ड गोदावरी नगरपालिका -१ अत्तरियास्थित भट्ट निवास पुग्नु भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र भट्टबीच केहीबेर कुराकानीसमेत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

माओवादीबाट एमाले प्रवेश गरेका भट्टलाई पहिलोपटक प्रचण्डले घरमै पुगेर भेट्नु भएको हो ।

प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रुपमा लिएको छ ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७९ चैत्र २६

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP