काठमाडौँ – सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस अघि साझा कार्यक्रम तयार गरिए पनि गठबन्धन भत्किएर नयाँ दलहरूबिच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम बनाउन लागेको हो । आज साँझ नै सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।
कैलाली । कैलालीमा किसान धान भित्र्याएर हिउँदे बाली लगाउने तयारीमा...