दिपायल – सिलगढीमा सात दिने निःशुल्क आरन व्यवसाय तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय डोटीको आयोजनामा संचालन भएको तालिमको एक कार्यक्रमका बिच आईतबार उद्घाटन गरिएको हो ।
स्थानीय व्यवसायलाई प्रवद्र्धन गरी उद्यमशील जनशक्ति तयार गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको सामाजिक विकास कार्यालय डोटीका प्रमुख जयदेब महराले बताएका छन् । उनले भने ‘सामाजिक विकास कार्यालयको मुख्य कार्य नै सशक्तिकरण गर्नु हो सोही अनुरुप कार्यालयले आयआर्जन मुलक कार्यलाई जोड दिने गरेको छ ।’
आरन यवसाय तालिमले गरीबी घटाउन सहयोग पुग्नुका साथै स्थानीय कृषि औजार प्रवद्र्धनमा सहयोग पुग्ने समेत प्रमुख महराले बताए ।
तालिम पूणर् प्रयोगात्मक बिधिमा रहने समेत आयोजकले जनाएको छ । तालिम पश्चात आरन व्यवसायीहरुलाई थप व्यवसाय गर्न सामाजिक विकास कार्यालयले प्रत्येक ब्यक्तिलाई बिस हजार सहयोग गर्ने समेत प्रमुख महराले बताएका छन् ।
सात दिन सम्म संचालन हुने तालिममा डोटी जिल्लाका नौ वटा स्थानीय तहबाट २/२ जना आरन व्यवसायी र सामाजिक विकास कार्यालय तर्फबाट ३ जना गरी २१ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
आर्थिक बर्ष २०७९/०८० को बार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...