२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

एसइई परीक्षा दिन गएका विद्यार्थी माथि कुटपिट

धनगढी – कैलालीको धनगढीमा एसइई परीक्षा दिन गएका विद्यार्थी माथि कुटपिट भएको छ ।

धनगढी उपमहानगरपालिका–१९ मा रहेको फूलवारी माध्यमिक विद्यालयमा एसइई परीक्षा दिन गएका धनगढी –१४ का चार जना विद्यार्थीलाई स्थानीय युवाको समूहले कुटपिट गरेको हो ।

कुटपिटबाट परीक्षार्थी रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारी घाइते भएका छन । परीक्षा दिएर फर्किने क्रममा उनीहरुमाथि आक्रमण भएको घाइतेका आफन्त अक्कल भण्डारीले बताएका छन । उनीहरुको टाउको र शरीरमा चोट लागेको छ ।

उनीहरुको अहिले धनगढीमा उपचार भइरहेको छ । घटनाको कारण खुलेको छैन । घटनाको बिस्तृत विवरण आउन बाकी रहेको र आक्रमण गर्ने युवा समुहको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०७९ चैत्र १९

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP