कञ्चनपुर – कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका कित्थे बादी पहिला विवाहमा नाचेर पाएको बक्सीसबाट घरधन्दा चलाउँथे । हाल उनको दिनचर्या फेरिएको छ । पहिला जस्तो उनले नाचगान गर्नुहुन्न । परिवारको खर्च धान्न उनले कृषि मजदुरी गर्छन् ।
“विवाह, ब्रतबन्ध, न्वारनलगायतमा बादी समुदायका नृत्यकलाई बोलाइने गरिन्थ्यो उनले भने, “खुबै नाच्थ्यौँ, मादलको तालमा नाच्ने बादी नृत्यक मात्रै हुन्थे, हाल समय फेरियो, विवाहमा बेहुलासँगै उनका आमाबुवासम्म बैण्डबाजाको तालमा नाच्छन् ।” बादी समुदायलाई बोलाउनै छाडिएपछि परम्परात पेसा ओझेलमा परेको उनले बताए । बादी समुदायले मादल, सारङ्गी, तबला, हारमोनियम बजाउने काम पुर्खौंदेखि गर्दै आएका हुन् ।
“हाल पेसा व्यवसायसँगै जग्गा जमिन नहुँदा दुई छाक खाना जुटाउनै मुश्किल छ”, उनले भने, “बाजा बजाउने सीपलाई आधुनिक बनाई व्यावसायिक बनाइनुपर्छ ।” बादी समुदायका युवा परम्परागत पेसाबाट जीविका नचलेपछि घरमै ताल लगाएर परिवारसहित भारतमा मजदुरी गर्न जाने गरेका छन् ।
हाल माटोबाट बनेका सामानको विकल्पका रुपमा अरु सामान सहजरुपमा पाउन थालिएपछि बादी समुदायले बनाउने समानको महत्व घट्दै गएको छ । “बादी समुदायले आफैँ गीतको रचना गरी मादलसँगै सारङ्गी रेटेर गीत गाउने चलन पुरानै हो”।
“चुनावका बेलामात्रै राजनीतिक दलका नेताहरुले बस्तीमा पुगेर सबै थोक पूरा गर्ने वचनबद्धता गर्दछन्, चुनाव जितेपछि कोही पनि बस्तीमा फर्कंदैनन् युवालाई भारततर्फ पलायन हुनबाट रोक्नका लागि स्थानीय तहले आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्दथ्यो, त्यो पनि हुन सकेको छैन”।
बस्तीकै मना बादी पाठेघरको समस्याले दुई महिनादेखि थला पर्नुभएको छ । उपचार गर्ने पैसा नहुँदा पीडा सहेर बस्नुपरेको उनले सुनाए । “हकअधिकारका लागि काठमाडौंसम्म आन्दोलन ग¥यौँ, बादी समुदायको समस्या समाधानका लागि पटकपटक आयोग गठन हुँदै आए पनि हामीले अहिलेसम्म केही पाएनौँ”, दुराले भने, “बस्दै आएको फाँटामा पहिला बादी परिवार मात्रै बसेका थियौँ, जग्गाकै लागि बस्तीका १२ जना जेल बस्यौँ, अरुले जग्गा कब्जा गरेपछि नौधुर जग्गामा सीमित भएर बस्नुपरेको छ ।” बालबालिकालाई विद्यालय पढाउन सकिने अवस्था नरहेको उनले बताए ।
“सामुदायिक विद्यालयमै बादी समुदायका बालबालिकाबाट शुल्क लिइने गरिएको छ”, उनले भने, “परीक्षा शुल्क, भर्ना शुल्क, सरस्वती पूजा भनेर पैसा लिइने गरिएको छ, ऋणदान गरेर बालबालिकालाई विद्यालय पठाउँछौँ, शुल्क असुल्न थालेपछि खर्च धान्नै गाह्रो भएको छ ।” जनता आवास कार्यक्रम अन्र्तगत बादी बस्तीमा २२ घर बनेका छन । निर्माण गरिएका घरको छानामा राखिएका जस्तापाता हावाहुरीले पटकपटक उडाउँदा बादी समुदायले हैरानी खेप्दै आएका छन ।
निर्माण गरिएका घरको छानामा राखिएका जस्तापाता हटाएर पक्की ढलान गरिनुपर्ने उनको माग रहेको छ । अझै बस्तीका ५० परिवार झुपडीमै बस्दै आएका छन ।
बादी परिवार कमाई खाने जग्गा, पुख्र्यौंली गीत सङ्गीतको पेसा जगेर्ना र युवालाई सीपमूलक रोजगारीमा संलग्न गराउन माग गर्नुहुन्छ । नगर प्रमुख हेमराज ओझाले बादी समुदायका युवालाई व्यावसायिक सीप सिकाएर स्वरोजगार बनाउन प्रतिबद्ध भएको बताए । “बादी समुदायले प्रस्ताव लिएर आए सोहीअनुसारको सीप सिकाएर व्यावसायिक बनाउँछौँ”, उनले भने, रासस
दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...