२०८२ बैशाख १८, बिहीबार
May 1, 2025, Thursday

पर्यटन क्षेत्रको विकासका लागि ठोस नीति आउँछ :मुख्यमन्त्री शाह

दिपायल – सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशको पर्यटन विकासका लागि प्रदेश सरकारले ठोस नीति ल्याउने बताएका छन् ।

पर्यटकीय क्षेत्र रामारोशनको अवलोकन गर्दै उनले सरकारले ठोस नीति ल्याएर प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने बताए ।

‘प्रदेश सरकार गठन भइसकेपछि पर्यटन क्षेत्रको विकासका लागि ठोस नीति ल्याउनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ’ उनले भने, ‘ पर्यटन क्षेत्रको विकास गर्न सकेमा समग्र प्रदेशको विकास हुन्छ । पर्यटन क्षेत्रले आर्थिक संवृद्धिमा महत्त्वपूर्ण टेवा पुग्छ ।’

रामारोशनको अवलोकनमा मुख्यमन्त्री शाहसँगै भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा पनि पुगेका थिए । उनले पनि पर्यटकीय क्षेत्र सम्म पर्यटकलाई सहज रूपमा पुग्ने व्यवस्था गर्न प्रदेश सरकार लागिरहेको बताए ।

उनीहरूले रामारोशनमा रहेको पर्यटकीय क्षेत्र बाट्टुला ताल , जिगले ताल र रोशन चउरको स्थलगत अवलोकन गरेका थिए । उनीहरू सँगै सुदूरपश्चिम प्रदेशसभा सदस्य झपट बहादुर साउँद , रामारोशन गाउँपालिकाका अध्यक्ष मान बहादुर साउँद जनप्रतिनिधि , कर्मचारी , स्थानीयहरूको सहभागिता रहेको थियो ।

रामारोशन क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो। बाह्र बण्ड, अठार खण्डका नामले चिनिने रामारोशन पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।

प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ। बाह्रवटा तालहरूमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो।

सडकको समस्या भएको बताउँदै स्थानीयले तत्काल सडक पूर्वाधारलाई विकास गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

Related News

डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
डोटीमा इभि हाइस दुर्घटना :  ७ जना घाइते
  • २०७९ चैत्र १६

दिपायल, वैशाख १७ गते ।  डोटीमा इभि हाइस दुर्घटना हुँदा...

TOP