बैतडी – बैतडी ढुंगा लागेर एक जनाको मृत्यु भएको छ । कामको सिलसिलामा भारतमा रहेका डिलाशैनी गाउँपालिका – ६ गोकुलेश्वरका ३० बर्षका नरीराम ओडको ढुंगा लागेर भारतमा मृत्यु भएको हो ।
नारायण आश्रम रोड अन्तर्गत काकडपानी भन्ने स्थानमा सडक निर्माणमा संलग्न रहेका ओडको सडक माथिबाट खसेको ढुंगा लागेको भारतीय प्रहरीले जनाएको छ । सोमबार सडकमाथिबाट खसेको ढुंगा लागेर ओडको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतको पिथौरागढ जिल्ला अन्तर्गत पर्ने सो सडक निर्माणको काममा ओडसमेत काम गर्दै आएका थिए ।
दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...