२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

रेखा थापा मोरङ–३ बाट चुनाव लड्ने

मोरङ – अभिनेत्री रेखा थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङबाट प्रतिनिधिसभाको प्रत्यक्षको लागि उम्मेदवार सिफारिस गरेको छ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ३ स्थित सुन्दरहरैंचा नगरपालिका निवासी थापा र अम्बिका अधिकारीको नाम पार्टीले सिफारिस गरेको जिल्ला अध्यक्ष माधवप्रसाद आचार्यले जानकारी दिए।

क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ नाम सिफारिस भएकी अभिनेत्री थापाले आफ्नो प्रचार–प्रसार अभियानसमेत सुरु गरेकी छन्। मंगलबार सोही क्षेत्रको कानेपोखरी गाउँपालिकामा आयोजित एक सभालाई सम्बोधन गर्दै थापाले राप्रपाको जितका लागि निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरिन्।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७९ भाद्र १४

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP