२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

रेडियो नेपाललाई समय सुहाउँदो प्रविधिसँग जोड्नु पर्छ : मन्त्री रावल


दिपायल – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले रेडियो नेपाल लगायत सरकारी सञ्चारमाध्यमलाई समय सुहाउँदो प्रविधिसँग जोड्नु पर्ने बताउनु भयो । बिहीबार रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलको अनुगमन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

सरकारी सञ्चारमाध्यमको संस्थागत विकास र सञ्चारमा जनताको पहुँच बढाउनका लागि नयाँ प्रविधिको प्रयोग गर्न जरुरी रहेको उहाँको भनाई छ । “भौतिक र प्राविधिक हिसावले रेडियो नेपाल व्यवस्थित तवरबाट बनेको छ,“उहाँले भन्नु भयो,“भौतिक संरचानासँगै पछिल्लो समय भित्रिएका प्रविधिहरुको प्रयोग गरेर जनतामा सहज सूचना सम्प्रेशन गर्न जरुरी छ । यसका लागि संघ सरकार र प्रदेश सरकारले योजना बनाएर अघि बढ्ने छौं ।”

नेपालमा संख्यात्मक रुपमा सञ्चारमाध्यामको संख्या बढदै गएको छ । पछिल्लो समय स्थापना भएका मिडिया हाउसले नयाँ प्रविधिको प्रयोगबाट सहज सूचना प्रवाह गर्दै आएका छन्,“मन्त्री रावलले भन्नु भयो,“अहिले प्रतिस्पर्दात्मक बजार छ । सरकारी मिडियाले जनतालाई विश्वास दिलाउँदै नयाँ डिजिटल प्रविधिमा रुपान्तरण गरेर जनतामाझ सहजै सूचना समाचार सम्प्रेसण गर्ने व्यवस्था मिलाउनु पर्दछ । प्रदेश सरकारका तर्फबाट के गर्न सकिन्छ हामी तयार छौं ।”

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७९ भाद्र ९

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP