२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

लेखराज भट्टको गृह वडामा कांग्रेस उम्मेदवार भट्ट विजयी

अत्तरिया – पुर्वमन्त्री लेखराज भट्टको गृह वडा कैलालीको गोदावरी -१ मा कांग्रेसका गोपालदत्त भट्ट प्यानल सहित विजयी भएका छन् ।

कुल ४२८० मत खसेकोमा भट्ट १४७८ मतका साथ विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका शर्मानन्द भट्टले १३९१ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १ लाई विशेष चासोका साथ हेरीएको थियो । एमालेबाट मेयरका उम्मेदवार गोकर्ण भट्टको गृह वडा पनी यहि हो ।

कांग्रेसका भट्टसंग हार व्यहोरेका शर्मानन्द भट्ट गत चुनावमा माओवादीबाट विजयी भएका एक्ला वडाअध्यक्ष थिए ।

एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजीत भएपछी उनी नेकपा एमालेतिर गएका थिए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ जेष्ठ १

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP