२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

त्रिभुवन विमानस्थलमा बमको हल्ला

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम रहेको आशंकामा आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलबाट बाहिर निकालिएको छ ।

महानगरीय विमानस्थल सुरक्षा कार्यालय प्रमुख भीम ढकालका अनुसार टेलिफोन बुथमा अपरिचित फोन आएको र बमको खोजी जारी रहेको छ। बमको हल्लापछि आन्तरिक उडान बन्द गरिएको छ। बाह्य उडान भने सुचारु रहेको ढकालको भनाइ छ।

‘बम राखिएको हल्लामा कति सत्यता छ भन्ने कुरा हामीले अनुसन्धान थालिसकेका छौं’, प्रमुख ढकालले भने, ‘अहिले विमानस्थलको सुरक्षा व्यवस्थालाई थप कडा बनाएर अनुसन्धान गरिरहेका छौं।’

अहिले सुरक्षाकर्मीले आन्तरिक उडानतर्फका यात्रुलाई बाहिर निकालेर शंकास्पद वस्तुको खोजी रहेका छन्। यसबारे थप विवरण आउँन बाँकी छ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७९ बैशाख २१

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP