२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

मतदानको दिन सार्वजनिक बिदा दिन सरकारलाई प्रस्ताव

काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० गते नेपालभर सार्वजनिक बिदा दिन सरकारलाई प्रस्ताव गरेको छ । निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनको दिन देशभर सार्वाजनिक बिदा दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए ।

‘मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकाले उक्त मतदान केन्द्र रहेका विद्यालयहरूका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन र सो अवधीमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्यसचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने‚’ सहायक प्रवक्ता अर्यालले भने ।

त्यस्तै स्थानीय तह निर्वाचनमा मतदान स्थल र केन्द्र तोकिएका सबै भौतिक संरचना मतदान प्रयोजनका लागि वैशाख २८ गते देखि ३० गतेसम्म उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय भएको सहायक प्रवक्ता अर्यालले बताए ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७९ बैशाख १६

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP