२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

नेपालमा तीन करोड ९२ लाख मात्र खोप लगाइयो

काठमाडौं – सरकारले खोप अभियान सुरु भएदेखि शुक्रबारसम्म तीन करोड ९२ लाख भन्दाबढी मात्रा खोप लगाइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप लगाइसकेको छ ।
जस मध्ये एक करोड ८६ लाख ९५ हजार ८२६ जनाले एक मात्रा र एक करोड ८६ लाख ९८ हजार ५९५ जनाले पूर्ण मात्रा र १८ लाख २९ हजार ५२० जनाले अतिरिक्र खोप लगाएको मन्त्रालयको तथ्यांमा उल्लेख गरिएको छ।
कुल जनसंख्यामा कतिले लगाए खोप
कुल जनसंख्याको ७५ प्रतिशत अर्थात दुई करोड १८ लाख ९२ हजार ४३६ जनाले एकमात्रा खोप लगाएको मन्त्रालयको तथ्यांमा उल्लेख गरिएको छ ।
६४.१ प्रतिशत अर्थात एक करोड ८६ लाख ९८ हजार ५९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
१८ वर्ष माथीका कतिले लगाए खोप ?
१८ वर्ष माथीका लक्षित जनसंख्या मध्ये ९२.९ प्रतिशतले अर्थात एक करोड ८४ लाख ९८ हजार १६० जनाले एक मात्रा खोप लगाएका छन् । त्यस्तै मन्त्रालयको तथ्यांक अनुसार ८१।२ प्रतिशत अर्थात एक करोड ६१ लाख ८४ हजार ८५८ जनाले पूर्णमात्रा खोप लगाएका छन् ।
१२ देखि १७ वर्षकाले कतिले लगाए खोप ?
१२ वर्ष देखि १७ वर्षसम्मका लक्षित जनसंख्याको ९१ प्रतिशत अर्थात ३१ लख १८ हजार ७८५ जनाले एक मात्रा खोप लगाएका छन् । त्यस्तै ६७ प्रतिशत अर्थात २३ लाख ११ हजार ९९८ जनाले पूर्णमात्रा खोप लगाएका छन् । सरकारले बैसाख मसान्तसम्म १२ वर्षमाथीका सबै लक्षित जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ।
त्यस्तै ५ वर्ष देखी ११ वषै उमेर समूहका बालबालिकाहरुलाई पनि सरकार छिट्टै कोरोनाको विरुद्ध खोप लगाउने जनाएको छ ।
नेपालले अहिलेसमम विभिन माध्यमबाट भेरोसेल,कोभिसिल्ड,अस्ट्राजेनिका,मोर्डना,फाइजर र जोन्सन एण्ड जोन्सन गरेर चार करोड ७८ लाख ८२ हजार आठ सयमात्रा खोप प्राप्त गरेको छ।
मन्त्रालयको तथ्यांक अनुसार सरकारले अहिलेसम्म ५५ लाख एक हजार ५५ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा नौ लाख ७८ हजार ११९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यस्तै ११ लाख सात हजार ५१२ जनाको एन्टिजेन परीक्षण गर्दा एक लाख ४० हजार ६१ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमध्ये नौ लाख ६२ हजार १७३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा संक्रमणमुक्त हुने दर ९८.४ प्रतिशत छ ।
त्यस्तै मन्त्रालयको तथ्यांक अनुसार ११ हजार ९५० जना संक्रमितको मुत्युभएको छ । नेपालमा कोरोना संक्रमणबाट मुत्युहुने दर १.२ प्रतिशत छ ।
नेपालमा पछिल्लो समय संक्रमणदर घट्दो क्रममा छ । दैनिक संक्रमण हुनेदर एक सयभन्दा कम  छ । शुक्रबार नेपालमा तीन हजार ९९६ जना संक्रिय संक्रमित छन् ।

गोरखापत्रबाट

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ चैत्र ६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP