काठमाडौँ – निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रविराज सिंह विजयी भएका छन् । महासंघको २३ औं साधारण सभाबाट बिजयी सिंहले ८०७ मत प्राप्त गर्दा प्रतिस्पर्धी निकोलस पाण्डेले ३४२ र अर्का अध्यक्षका उम्मेदवार हुमनाथ कोइरालाले ३२ मत प्राप्त गरे ।
त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा एडी लामा ५६३ मतसहित विजयी भएका छन् । प्रतिस्पर्धी रहेका धिरेन्द्र कुमार दाहालले २८९ र लक्ष्मण रानाले २७३ मत प्राप्त गरे ।
यसैगरी प्रदेश उपाध्यक्षहरुमा प्रदेश १ मा मोहनप्रकाश अधिकारी, मधेश प्रदेशमा शम्भु ठाकुर, बागमती प्रदेशमा बालकृष्ण थापा, गण्डकी प्रदेशमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेशमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशमा रत्नबहादुर खड्का र सुदुरपश्चिम प्रदेशमा प्रकाश बहादुर सेठी विजयी भएका छन् ।
त्यस्तै महासचिवमा रोशन दाहाल ७१९ मतसहित विजयी भएका छन् । उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे विजयी भएका छन् भने उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया विजयी भए । यस्तै, कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्ष सन्तोष शाह विजयी भएका छन् ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...