कैलाली- नेपाली कांग्रेस गौरीगंगा नगरपालिका वडा नं. २ को पार्टी कार्यालय उद्घाटन गरिएको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत(डोटेली कान्छा) ले धबै स्थित पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।
वडा सभापति किरन मल्लको सभापतित्वमा भएको पार्टी कार्यालय उद्घाटन समारोहमा बोल्दै प्रदेश सदस्य रावतले पार्टी संगठनलाई चुस्त दुरुस्त राख्न र लोकतन्त्रको संरक्षण गर्न भवनको सदुपयोग हुनुपर्ने बताए । उनले कांग्रेसलाई बलीयो बनाउन र स्थायीत्व दिन टोल र वडा समिति बढी सक्रिय हुनुपर्नेमा जोड दिए । टोल वडाबाटै एकजुट भएर सबै नेता कार्यकर्ताहरु लागे मात्रै पालिका, प्रदेश र संघमा कांग्रेस बलियो हुने र लोकतान्त्रिक व्यवस्था कायम रहने नेता रावतले बताए ।
कांग्रेसमा टिकटका लागि सयौं व्यक्तिहरु क्षमतावान भएको बताउँदै प्रदेश सदस्य रावतले भने,‘कांग्रेस यो देशको सबैभन्दा बढी नेता, कार्यकर्ता र जनताको साथ भएको महासागर हो । टिकटका लागि एकसे एक नेताहरु छन् । ति मध्य टिकट केही व्यक्तिले पाउँछन् त्यो प्राबिधिक विषय हो,‘उनले थपे,‘टिकट जस्ले प्राप्त गरे पनि एकजुट भएर लाग्नुपर्छ । निर्वाचनमा व्यक्ति होइन पार्टी लड्छ ।’
कार्यक्रममा गौरीगंगा नगरपालिकाका नगर सभापति पहल बिक्रम चन्द, जिल्ला सल्लाहकार यज्ञनिधि कोइराला हरिश चन्द लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा कांग्रेस कैलाली क्षेत्र न.४ का निबर्तमान सभापति दिनेशराज जोशी , जिल्ला सदस्य द्वय प्रेम राज ओझा, गोहनी राना, क्षेत्र ४ ‘क’ का सभापति काशीराम शर्मा, जिल्ला सल्लाहकार सदस्य फणी सापकोटा नगर सचिव हेमन्तराज जोशी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
दिपायल, वैशाख १७ गते । डोटीमा इभि हाइस दुर्घटना हुँदा...