२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

डोटीका एक किशोर चार दिनदेखि बेपत्ता

डोटी – डोटीका एक किशोर चार दिनदेखि बेपत्ता भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका-६ का १६ वर्षीय विनोद विक गत मंगलबार नाचनथली मोडबाट बेपत्ता भएका हुन्।

उनी घरमा आमा बुबाबीच सामान्य झगडा हुँदा राति १० बजे घरबाट निस्केका बताइएको छ। विनोदका बुबा भक्त विकले छोरासँग मोबाइल पनि नभएको र आफन्त तथा उनका साथीभाइसँग बुझ्दा कहीँ पनि नभेटिएका बताए। विनोदलाई कसैले कहीँ कतै देखे नजिकको प्रहरी कार्यालय वा ९८४०८५९५८० मा सम्पर्क गरी खबर गरिदिन उनका बुबाले अनुरोध गरेका छन्।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७८ फाल्गुन २७

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP