२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा सुरु हुँदै

काठमाडौं – प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । महाधिवेशन शनिबारसम्म चल्ने छ।

शुक्रबार बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेको छ भने शुक्रबार बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुनेछ। शुक्रबार दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालले जनाएको छ।

२०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेको हो। महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागिता रहने छ। यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन कोरोना महामारीको कारण रोकिएको थियो।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७८ फाल्गुन २७

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP