२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

नेकपाले स्थानीय तह निर्वाचनमा भाग लिन नपाउने

काठमाडौं – आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा ७९ दलले भाग लिन पाउने भएका छन्।

निर्वाचनका लागि ८० वटा दलले निवेदन दिएकोमा निर्वाचन आयोगले ७९ वटा दलको निवेदनलाई स्वीकृत गरेको छ भने ऋषि कट्टेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निवेदनलाई भने आयोगले अस्वीकृत गरेको छ।

यो दलको अध्यक्ष र उपाध्यक्षको विवाद आयोगमा रहेकाले दल दर्ताको निवेदन अस्वीकृत गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए।

ऋषि कट्टेललाई कारवाही गरेको भन्दै कार्यबाहक अध्यक्ष बनेका लोकनारायण सुवेदीले निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ताको निवेदन दिएका थिए।

त्यसलगत्तै कट्टेलले आफू आधिकारिक अध्यक्ष भएको र आफूले आयोगमा निवेदन दर्ता नगरेकाले सुवेदीको पत्रले मान्यता पाउन नहुने भनी अर्को निवेदन दिए।

तर नेपाल कम्युनिष्ट पार्टीको विधानमा कार्यबाहक अध्यक्षको व्यवस्था नभएको भन्दै आयोगले प्रश्न उठायो।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७८ फाल्गुन २७

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP