२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

गिद्धले तीन वर्षदेखि प्रजनन गर्न छाडे

चितवन – चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा तीन वर्षदेखि नयाँ चल्ला निस्कन सकेको छैन ।सन् २००६ मा स्थापना गरी धेरै प्रजनन गराएर वनमा छाड्ने योजना रहेकोमा तीन वर्षदेखि एउटा पनि नयाँ चल्ला निस्कन नसकेको हो । प्रजननका लागि आवश्यक वातावरण, खाद्य सामग्री, उपचार गरे पनि उपलब्धि हासिल हुन सकेको छैन, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनुभयो ।

स्थापना भएको १६ वर्ष भयो, यो अवधिमा १८ वटा चल्ला कोरल्न सफल भएको छ । त्यसमा एउटा चल्ला मरेको थियो । बाँकी १७ वटा चल्ला हुर्काएर नवलपरासीको पिठौलीमा छाडिएको छ । हामीले गिद्ध प्रजनन केन्द्र नयाँ चल्ला कोरल्ने र वनमा छाड्ने उद्देश्यले स्थापना गरेका हौँ, उहाँले भन्नुभयो, तर सोचेजस्तो उपलब्धि हासिल गर्न सकिएन । तीन वर्षदेखि नयाँ चल्ला निकाल्न सकिएको छैन ।

आवश्यक वातावरण त छ तर किन नयाँ चल्ला निस्कँदैन, हामीले अध्ययन गरिरहेका छौँ । गिद्ध र घडियाल गोहीको संरक्षणमा निगरानी गर्दै आउनुभएका चितवन राष्ट्रिय निकुञ्जका डा. विकल्प कार्कीले भन्नुभयो, बन्द खोरमा राखेर प्रजनन गरिएको यो नयाँ प्रयोग हो । तीन वर्षदेखि नयाँ चल्ला कोरल्न नसकेको विषयमा विज्ञसँग छलफल गर्दै आएका छौँ । चल्ला ननिस्केको अण्डाको पोस्टमार्टम गरिएको छ ।

त्यसको यही कारण भन्दै निष्कर्ष निकाल्न सकिएको छैन । विदेशमा रहनुभएका विज्ञसँग पनि अवस्थाबारे जानकारी गराएका छौँ, रिपोर्ट पनि देखाएका छौँ, उहाँले भन्नुभयो । यहाँ निस्केर हुर्केका गिद्धलाई नवलपरासीको पिठौलीमा छाड्दा त्यहाँ भने स्वास्थ्य राम्रो भएको डा. कार्कीले जानकारी दिनुभयो ।

जटायु रेष्टुरेन्ट पिठौलीका प्रमुख डीबी चौधरीले चितवनबाट यहाँ छाडेका गिद्धले यहाँ चल्ला कोरल्न थालेको बताउनुभयो । “हामीले यहाँ खुला वन–जङ्गलमा छाड्ने गरेका छौँ, यहाँ कुनै खोर छैन । चितवन, दाङलगायतका स्थानबाट पनि यहाँ गिद्ध आउने गरेको छ,” उहाँले भन्नुभयो, “वृद्ध भएका मर्ने अवस्थामा पुगेका गाईगोरु यहाँ पालेर राखिएको छ । ती वृद्ध पशु मरेपछि गिद्धलाई खुवाउने गरेका छौँ । ”

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ फाल्गुन २६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP