काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रको चिह्नहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन्।
अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो रङको चिह्न राख्न खोजेको हो भने त्यो स्वीकार्य नहुने बताए।
उनले निर्वाचन आयोगले मतपत्रका चिह्नहरूमा हरियो रङ प्रयोग गर्नुको कारण बताउनुपर्ने भन्दै यदी यो कुरा सत्य भए निर्वाचन आयोगले त्रुटी सच्याउन आवश्यक रहेको बताए।
‘मलाई थाहा छैन, मैले एउटा सञ्चारमाध्यममा हेरेको थिएँ। निर्वाचन आयोगले मतपत्रका चिह्नहरूमा हरियो रङ राख्ने भयो रे, हरियो चिह्न किन राख्ने? के कारणले राख्ने निर्वाचन आयोगले बताउनुपर्यो। हो कि होइन, मैले निर्वाचन आयोगसँग सोध्न भ्याएको छैन। म अत्यन्त व्यस्त भइरहेको छु। उहाँहरूसँग सोधौँला, बुझौँला। उनले भने, ‘यदि हो भने, कुन हिसाबले राख्ने? यो धार्मिक हिसावले राख्ने हो? के हिसावले हरियो चिह्न राख्ने? अथवा कसैको हरियो देखिने चिह्न छ त्यसकारण राख्ने? केका लागि राख्ने? सबैतिर आँखा नदेख्ने कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो चिह्न राख्ने हो?’
ओलीले अहिले राज्यका हरेक अंगहरूमा नेकपा एमालेका बिरुद्ध प्रयोग भइरहेको बताए। उनले सभामुखको अहिलेको भुमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै सभामुखले नियम, कानूनको पालना नगरेको आरोप लगाए।
‘हामीलाई थाहा छ, हरेक कुरा नेकपा एमालेको बिरुद्धमा प्रयोग भइरहेका छन्। राज्यका सबै अंगहरु एमालेका बिरुद्ध प्रयोग भइरहेका छन्। अदालत प्रयोग भएर परमादेश जारी गरेको पनि तपाईंहरुले देख्नुभयो। सभामुखको भुमिका तपाईहरुले देख्नुभएकै छ। तमासा भइरहेको छ, सभामुखको तर्फबाट नियम कानून भन्ने कुरा त्यो त कुनै मतलव नै छैन’ उनले थपे।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...