२०८१ माघ १, मंगलवार
January 14, 2025, Tuesday

खप्तड गोल्डकप : नारी दिवसमा महिलालाई प्रवेश निःशुल्क

धनगढी – धनगढीमा जारी खप्तड गोल्डकपमा आज महिलालाई प्रवेश निःशुल्क गरिएको छ । आज नारी दिवसको अवसर पारी महिलालाई प्रवेश निःशुल्क गरिएको हो ।

नारी दिवसका अवसरमा आजको खेलमा महिलालाई प्रवेश निःशुल्क गरिएको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले विज्ञप्ति निकालेर जनाएको छ । प्रतियोगितामा दुई फरक टिकट दर छ। विद्यार्थीका लागि १ सय र अरुका लागि १ सय ५० रुपैयाँ तोकिएको छ ।

गोल्डकपमा आज मच्छिन्द्र फुटबल क्लब र वाग्मती क्लब खेल्दैछन् । मच्छिन्द्रले सिधै क्वाटर फाइनल खेल खेल्न लागेको हो ।वाग्मतीले आफ्नो पहिलो खेलमा न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा हराएको थियो । ‘ए’ डिभिजनको च्याम्पियन मच्छिन्द्र र वाग्मतीबीच क्वाटर फाइनल खेल धनगढी रङ्गशालामा दिउँसो ४ बजे सुरु हुनेछ ।

सर्वाधिक राशिको खप्तड गोल्डकपमा १० टोली सहभागी छन् । विजेताले २१ लाख रुपैयाँ र उपविजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०७८ फाल्गुन २४

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP