२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

नदीमा डुबेर दुई बालकको मृत्यु

चितवन: नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ। आज दिउँँसो भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा पौडी खेल्न गएका उनीहरूको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ विकासचोक घर भएका १० वर्षीय बिदान गौतम रहेका छन्। अर्का अन्दाजी ११–१२ वर्षीय बालकको परिचय खुल्न सकेको छैन। स्थानीयवासीले डुबेको अवस्थामा फेला पारी उद्धार गरी भरतपुर अस्पताल ल्याएका थिए। भरतपुर अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । उनीहरु नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेका थिए।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७८ फाल्गुन २०

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP