धनगढी – विवेकशील साझा पार्टी छाडेका गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् ।
सुन्दर सुदूरपश्चिमका अभियान्तासमेत रहेका हमालले धनगढीमा घोषणा सभा आयोजना गर्दै अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
२०७४ सालको आम निर्वाचनमा पनि स्वतन्त्ररुपमा मेयरमा उम्मेदवारी दिएका हमालले नेपाली कांग्रेसका नृपबहादुर वडसँग पराजित भएका थिए तर दोस्रोपटक हुने आमनिर्वाचनमा समेत उनी पुनः स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।
हमाल चार वर्षदेखि विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक थिए। उनले मंगलबार पार्टीको प्रदेश संयोजक र साधारण सदस्यसमेत त्याग गरेका थिए ।
उनले अघिल्लो निर्वाचनमा ढिलो गरेर चुनाव चिह्न पाएको तथा उपमहानगरपालिका कतिपय क्षेत्र नयाँ भएकाले पराजय व्यहोर्नु परेको उल्लेख गर्दै गोपाल हमाललाई नभएर धनगढीलाई जिताउनुु आहृवानसमेत गरे ।
आफूले चुुनाव जितेपछि कुनै किसिमको लाभ नलिने र भ्रष्टाचार नियन्त्रण गर्ने उनको दाबी छ ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...