कञ्चनपुर – कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलिले सामान बरामद गरेको हो।
भिमदत्त नगरपालिका ८ बाट मोटर साईकलका पाठपुर्जा र करेला, मकैको बिउ गरी अन्दाजी ४९ हजार ३८० र दाधरा चाँदनी नगरपालिका वडा नम्बर ७ बाट गुड २८ कट्टा ३० हजार ८०० गरी जम्मा ८० हजार १८० बराबरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बेवारिसे अवस्थामा फेला परेका सामान कानून बमोजिम आवश्यक कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ।
दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...