२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

महाशिवरात्रिमा राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना

काठमाडौँ – महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी छिन्। राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गरी विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेकी हुन्। उनले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गरेकी थिइन्।

राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर पुगदन उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक, कर्मचारीलगायतले स्वागत गरेका थिए।

रासस

Related News

प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
  • २०७८ फाल्गुन १८

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP