२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

दार्चुलाबाट हराएका २५ महिला अझै भेटिएनन्

दार्चुला – सात महिनाको अवधिमा दार्चुलाका विभिन्न ठाउँबाट ४९ महिला तथा बालबालिका हराएका छन । हराएकामध्ये २४ जना फेला परेका र २५ अझै नभेटिएको जिल्ला प्रहरी कार्यालयमा रहेको महिला तथा बालबालिका सेलले जनाएको छ ।

हराएको भनी उजुरी परेकामध्ये केही महिला तथा बालबालिका भने आफैं घर फर्किसकेको अभिभावकले बताएका छन ।

हुलियाका आधारमा प्रहरीले खोजी गर्दा र आफैं घर फर्केकामध्ये २४ जना फेला परेको प्रहरी कार्यालयका सूचना अधिकारी माधव विश्वकर्माले बताए । हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुसी घरबाट हिँड्ने गरेको प्रहरीको बुझाइ छ ।

गरिबी, चेतना अभाव, मादक पदार्थ सेवन, पारिवारिक बेमेललगायतका कारण घर छाड्ने गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७८ फाल्गुन १६

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP