२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

संसद भवन अगाडिको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

काठमाडौं – नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।

संसद भवनको सिधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएपछि बमको आशंकामा सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको थियो।

बमको आशंका गरिए पनि कुकरभित्र केही विस्फोटक पदार्थ नभएको पाइएको छ। संसदबाट आइतबार एमसिसी पास गरिएको विरोधमा विप्लवको नेकपासहित विभिन्न राजनीतिक दलहरूले आज नेपाल बन्दको आयोजना गरेका छन्।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७८ फाल्गुन १६

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP