२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

विदेशबाट आएकाहरुको खोजीका लागि प्रहरी परिचालन

धनगढी : कोरोना भाइरसका संक्रमितसँगै विदेशबाट तीन वटा विमानमा आएकाहरुको खोजीका लागि सुदूरपश्चिमका नौँ जिल्लामा पनि प्रहरी परिचालन भएको छ। प्रहरी प्रधान कार्यालयले गत साता उनीहरुको खोजी गर्न सुदूरपश्चिम प्रदेशका नौँ वटै जिल्लालाई पनि परिपत्र गरेको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक देववहादुर बोगटीले बताए। कतारबाट कोरोना संक्रमित युवतीसँगै नेपाल आएका कञ्चनपुरका एक पुरुषको भने खोजी गरेर अहिले सेल्फ क्वारेन्टाईनमा राखिएको उनले बताए। 

‘नेपालमा संक्रमित भेटिएकाहरुसंग विमानमा संगै आएकाहरु सुदूरपश्चिमका पनि हुन सक्छन् भनेर खोजीका लागि परीपत्र भएको थियो। सोही अनुसार नौँ वटै जिल्लामा खोजी भईरहेको छ।’ उनले भने। चैत ४ गते कतार एयरवेजबाट एक सय ५८, ६ गते एयरअरेवियाबाट एक सय ७० र चैत ७ गते भिस्तारा (भारतीय) विमानबाट एक सय ३० खाडी मुलुक र मलेसियाबाट गरी चार सय ५८ जना यात्रु आएका थिए। 

ति विमानबाट आएका ४ जनामा कोभिड संक्रमणको लक्षण देखिएपछि सरकारले सबैजनालाई क्वारेन्टाइन र आइसोलेसनमा राख्ने निर्णय गरेको थियो। अहिले सम्म दुई सय ५ जना सम्पर्क विहिन छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले पनि जिल्लामा खोजी भईरहेको बताए। ‘संक्रमितहरुसंगै आएकाहरुको हामीले खोजी गरिरहेका छौँ। अन्य विदेशबाट आएकाहरुको स्थानीय तहले खोजी गरिरहेको छ।’ प्रहरी नायव उपरिक्षक बस्नेतले भने।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७६ चैत्र २०

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP