२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

गौरीगङ्गा नगरपालिकाका १६६ जना स्कुले बालबालिकालाई न्यानो कपडा वितरण

कैलाली – गौरीगङ्गा नगरपालिकाका एक सय ६६ जना स्कुले बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का निवर्तमान सभापति, समाजसेवी दिनेशराज जोशीले गौरीगङ्गा नगरपालिका अन्तर्गतका तीन वटा विद्यालयमा बालबालिकालाई न्यानो लुगा वितरण गरेका हुन् ।

न्यानोपनका लागी न्यानो लुगा वितरण कार्यक्रम अन्तर्गत गौरीगङ्गा नगरपालिकाका वडा नं. १ काे केदारेश्वर आधारभुत विद्यालय, वडा नं. ७ काे सिंहासन आधारभूत विद्यालय र वडा नं. ८ को सिर्जनशील प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो लुगा वितरण गरिएको हो ।

विद्यालय उमेरका अपाङ्ग, विपन्न, दलित, जनजाति एवं एकल महिलाका बालबालिकालाई न्यानो लुगा वितरण गरिएको जोशीले बताए । उनले पुस २४ गते बाट न्यानो लुगा वितरण कार्यक्रम सञ्चालन गरेका थिए।

बिहीबार जोशीको संयोजकत्वमा भएको लुगा वितरण कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत ( डोटेली कान्छा) प्रमुख अतिथि रहेका थिए ।

एलआरआई फाउन्डेसन काठमाण्डौंको सहकार्यमा न्यानो लुगा वितरण गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र न.४ प्रदेश ‘क’ का उपसभापति भागीराम टमट्टा, प्रदेश महाधिवेशन प्रतिनिधि रमेश भाट, नगर सभापति पहल बिक्रम चन्द ,नगर सचिव दिनेश कलेल, जिपी फाउन्डेसनका केन्द्रीय सदस्य यज्ञनिधि कोइरालाकाे सहभागिता रहेको थियो ।

त्यस्तै नेपाल महिला संघ कैलाली क्षेत्र न.४ का सभापति मेनका जोशी, कांग्रेस युवा नेता खुसीराम चौधरी, नेपाल शिक्षक संघ नगर सभापति प्रेमचन्द बोहरा, नेपाल ट्रेड युनियन कांग्रेसका नगर अध्यक्ष हर्कदेव जोशी, नेपाल शिक्षक संघका तुलाराम चौधरी , बुद्धि चौधरी, वडा नं. ७ का सभापति हेमराज जोशी वडा नं. ८ का सभापति भगवानदिन चौधरी स्थानीय अभिभावक, विभिन्न विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP