२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

कोरोना संक्रमण बढ्दै गएपछि तुलसीपुर उपमहानगरपालिकाका विद्यालय बन्द

दाङ – कोरोना संक्रमण बढ्दै गएपछि तुलसीपुर उपमहानगरपालिका भित्रका सबै विद्यालयहरु नौ दिनसम्मका लागि बन्द गरिएका छन् । विद्यालयहरुमा कोरोना संक्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार सूचना जारी गर्दै उपमहानरपालिकाले पुस २५ गतेदेखि माघ ३ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएको छ ।

कोरोनाको दर तीव्र रुपमा बढ्न थालेपछिसंक्रमणको चेन ब्रेक गर्नका लागि उपमहानगर भरिका सबै विद्यालय आठ दिन बन्द गर्ने निर्णय भएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ पुष २४

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP