२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

देशैभर चिसो बढ्ने क्रम जारी

काठमाडौं – देशैभर चिसो निरन्तर बढ्ने क्रममा रहेको छ । उच्च पहाडी तथा हिमाली अधिकांश जिल्लाहरुको  तापक्रम माइनसमा झर्दा जनजीवन कष्टकर बनेको छ। देशैभर चिसो बढ्ने क्रम जारी नै रहेकोले यसबाट जोगिन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार आज कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने छ।

शनिबार बिहान कर्णाली र गण्डकी प्रदेशका अधिकांश स्थानमा मौसम बदली भएको छ। तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ। पश्चिमी न्यून चापीय प्रणालीको असरको कारण दिउँसो कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने महाशाखाले जनाएको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ पुष ३

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP