२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

दशैं तिहारलाई लक्षित गर्दै सुदूरपश्चिमका ६ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन

फाइल तस्विर

धनगढी– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढी सुदूरपश्चिम प्रदेशको छ जिल्लामा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ । चाडपर्वको अवसरमा सर्वसाधारणलाई सहुलियत दरमा खाद्यान्न बिक्री गर्ने उद्देश्यका साथ सुपथ मूल्यका पसल सञ्चालन गरिएको हो । सो कार्यालयले कैलालीको धनगढी र मोहनपुर, कञ्चनपुरको महेन्द्रनगर, अछाम, डडेल्धुरा, बझाङ र बाजुराको दुई ठाउँमा सुपथ मूल्यका पसल सञ्चालनमा आएको जनाएको छ ।

सुपथ मूल्यका पसलबाट मोटो चामल, जिरा चामल र गहुँ गरी खाद्यान्नमात्रै बिक्री हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख एन्जिला बस्नेतले जानकारी दिइन् । चाडपर्वको अवसर पारेर सुपथ मूल्यका पसलमा खाद्यान्नमा प्रति क्वीन्टल ५०० रुपैयाँ छुट गरिएको छ ।

यसैबीच, चाडपर्वको अवसरमा हरेक वर्ष सुपथ मूल्यको पसल सञ्चालन गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले भोलि शनिबारदेखि सुपथ मूल्यको पसल सञ्चालन गर्ने भएको छ । सुदूरपश्चिमको हाललाई कैलालीमात्रै सुपथ मूल्यको पसल रहने साल्ट ट्रेडिङ प्रदेश कार्यालय धनगढीका प्रमुख केशवप्रसाद पाण्डेयले बताए । उनले धनगढी र अत्तरियामात्रै सुपथ मूल्यको पसल रहने जनाए ।

साल्ट ट्रेडिङ कर्पोरेशनले नून प्रति केजी १८ रुपैयाँमा र एक व्यक्तिलाई छ किलोमात्रै दिने जनाएको छ । यसैगरी, चिनी प्रति किलो ७९ रुपैयाँमा एक व्यक्तिलाई दुई किलोमात्रै बिक्री गर्ने जनाएको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ आश्विन १

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP