२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

बुधबार बिहानै भीरबाट बस खस्यो, चार जनाको मृत्यु

पहाडबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ भने ४९ यात्रु घाईते भएका छन् ।

काठमाण्डौंबाट रुकुम पश्चिम यात्रु लिएर जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित दाउन्ने पहाडको खुर्सानी खोलामा आज बिहान ७ बजे खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी २ महिला र २ पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ६ की २७ वर्षीया कल्पना पुन र सोही जिल्ला सिस्ने गाउँपालिका–४ का ३६ वर्षिय धनराज घर्ती रहेका छन् । अन्य २ को सनाखत हुन सकेको छैन ।

बस पहाडबाट १ सय ५० मिटर तल खसेको हो । एकजना बसमै च्यापिएको अवस्थामा रहेकाले क्रेन बोलाएर निकाल्ने प्रयास भईरहेको छ ।

बसलाई रुखले अड्काएका कारण मानवीय क्षति बढी हुन नपाएको प्रहरीले जनाएको छ ।

घाईते सबैको अहिले चिसापानी बर्दघाटमा उपचारका लागि पठाईएको छ । केही गंभिर छन् ।

सबैलाई तत्काल अस्पताल पठाइएकाले कति गंभिर छन् भन्ने बारे केही समयमा जानकारी हुने प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

काठमाण्डौंमा अलपत्र परेका रुकुम पश्चिमका स्थानीयलाई लिएर बस त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । बसमा ५८ जना यात्रु थिए ।

Related News

प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
  • २०७८ जेष्ठ ५

दिपायल- प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रभावकारी न्याय सम्पादन गर्नु आफ्नो...

TOP