२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

पछिल्लो २४ घण्टामा डोटीका थप ५२ जनामा कोरोना पुष्टि

डोटी– पछिल्लो २४ घण्टा यता गरिएको परीक्षणमा डोटीका थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोग शालामा गरिएको आरटिपिसिआर परिक्षणमा २९ जना र एन्टिजेन परीक्षणमा २३ जनामा संक्रमण देखिएको हो ।

आइतबार कोरोना पुष्टिछ हुनेमा ३४ पुरुष र १८ महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दिपायल सिलगढी नगरपालिकाका २२ जना, बोगटान फुड्सिल गाउँपालिकाका १४ जना, के.आई.सिंह गाउँपालिकाका ९ जना, शिखर नगरपालिकाका ४ र सायल गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या दुई हजार ५९ पुगेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव बहादुर ठगुन्नाले जानकारी दिए ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७८ जेष्ठ २

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP