२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

डोटीमा आरटीआई क्याराभान


डोटी- फएमडिसी, विकास र सामाजिक परिवर्तनका लागी संचारले कैलालीको धनगढीबाट सुरु गरेको सुचनाको हकको अभियान (आरटीआई क्याराभान) शुक्रबार डोटी पुगेको छ ।

अभियन्ताहरुको टोलीले शुक्रबार डोटी पुगेर सुचनाको हक सम्बन्धी बिभिन्न गतिबिधीहरु गरेको थियो । अभियानमा सुचनाको हक राष्ट्रिय सजालका अध्यक्ष तथा एफएमडिसीका निर्देशक उमीद बागचन्द, एफएमडिसीका उपाध्यक्ष निर्मला बागचन्द, सुचनाको हक राष्ट्रिय संजाल सुदूरपश्चिम प्रदेश सदस्य मोहन शाही, निराजन परियार, डोटीका अध्यक्ष पवन महरा , सुचनाका अभियान्ता रसुता जैरु, पाण्डव पुजारा, र सुभम सिलाधरको सहभागीता रहेको थियो । लगायतको सहभागिता रहेको थियो । सो टोलीले सुजङ्ग बोर्डिङ्ग स्कुलमा कक्षा ११ र १२ का बिद्यार्थीहरुसंग सुचनाको हक सम्बन्धी अन्र्तकृया कार्यक्रमको आयोजना गरिएको थियो । सो अन्र्तकया कार्यक्रम पछि राजपुर बजारमा कोण सभाको आयोजना गरी सुचना हकसम्बन्धी जानकारी भएको पम्पलेट, पुस्तकहरु बितरण गर्नुका साथै सुचनाको हकबारे जानकारी दिइएको थियो ।

सो कोणसभा पछि दिपायल सिलगढी नगरपालिकामा पुगेको टोलीले त्यसका उप प्रमुख शिवराज खड्का, नगरप्रमुख का डडेल्धुरामा आयोजित कार्यक्रममा अमरगडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङ्ग, सुचना अधिकारी बिष्णु जोशी लगायतसंग छलफल गरेको थियो । नगरपालिकाले सुचना हकबारे गरिरहेका गतिबिधी तथा सुशासन कायम गर्न अपनाएका औजारहरुबारे जानकारी लिएको थियो । नगरपालिकालाई सुचना हकको राष्ट्रिय संजालका अध्यक्ष उमीद बागचन्दले सुचना प्रवाह ब्यवस्थीत गर्न आफुहरुले निशुल्क सहयोग गर्ने प्रतिबद्धा ब्यक्त गरेका थिए ।

नगरपालिकासंगको छलफल पछि सो टोलीले नागरिक समाज र प्रमुख जिल्ला अधिकारीसंग भेटघाट गरेको थियो । सो भेटघाटमा नागरिक समाजका प्रतिनिधी तथा अभियानका टोली सदस्यहरुले जिल्लामा सुचना हकको अवस्थाबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएका थिए । सो भेटघाट कार्यक्रममा पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरले सुचना माग्ने ब्यक्ति प्रति सार्वजनिक कार्यालयहरुमा हेर्ने दृष्टीकोण नकरात्मक रहेको बताए । सुचना दिन आनाकानी गर्ने, बिभिन्न बहाना गर्ने परिपाटी अझै रहेको गुनासो पोखे ।

सुचनाको हकका राष्ट्रिय संजाल डोटीका अध्यक्ष पवन महराले सरकारी कार्यालयमा सुचना अद्यावधीक गर्ने प्रणालीको बिकास नभएको, झारा टार्ने तरिकाले मात्र सुचना अधिकारी राखिएको जस्ता समसामयिक अवस्थाबारे जानकारी गराएका थिए । छलफल पछि प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईले सुशासन मैत्री समाज निर्माण गर्नका लागी सुचनाको हक निकै महत्वपुर्ण औजार भएकोले त्यसको सदुपयोगलाई सर्वसाधारणसम्म प्रर्बधन गर्न जरुरी रहेको बताए । उनले अहिले पनि सर्वसाधरणले कार्यालयमा आई ब्यवस्थित रुपमा सुचना माग्ने परिपाटी नभएको बताए । उनले सुचना अधिकारीहरुलाई नियमीत बैठक बसाली सुचना हकको कार्यान्वयनका लागि निर्देशन दिने गरेको जानकारी दिए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ चैत्र ७

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP