२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

दिसिनपा -७ पाँकरीमा कांग्रेसको संगठन विस्तार : ७५ जना प्रवेश

डोटी- दिपायल सिलगढी नगरपालिका ७ पाँकरीमा नेपाली कांग्रेसले आफ्नो संगठन विस्तार गरेको छ । जिल्ला भर पालिका वडा हुँदै टोल–टोलमा संगठन विस्तारलाई तिब्रता दिएको डोटी कांग्रेसले दिसिनपाका विभिन्न टोलहरुमा पनि संगठन विस्तार गरेको छ ।

संगठन विस्तार तथा क्रियाशिल सदस्यता सिफारिस गर्ने उक्त कार्यक्रममा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य वीरबहादुर बलायर प्रमुख अतिथि रहेकाछन् । वडा सभापति भक्त विष्टको सभापतित्व रहेको सो कार्यक्रममा नेपाली कांग्रेस डोटीका सभापति प्रदिप देउवा विशिष्ठ अथिति रहेकाछन् ।

कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति विजय खड्का, नगर सभापति गणेश मलासी, कांग्रेस नेतृ प्रशिस महरा, प्रतिमा शाही, नेविसंघ अध्यक्ष गणेश खड्का, कांग्रेस नेता धर्मराज जोशी लगायतको सहभागिता रहेको छ । कार्यक्रममा नेकपा लगायत विभिन्न पार्टी परित्याग गरेर ७५ जना कांग्रेस प्रवेश गरेको नगर सभापति गणेश मलासीले बताए ।

टोलमा टोल समिति, तरुण दल, महिला संघ र दलित संघ समेत गठन गरिएको मलासीले जानकारी दिए ।

टोलमा बाजि सिंहको नेतृत्वमा ११ सदस्यीय टोल समिति, दिर्घ पार्कीको नेतृत्वमा ९ सदस्यीय दलित संघ, शंकर विष्टको नेतृत्वमा ९ सदस्यीय तरुण दल र कालुदेवी विष्टको नेतृत्वमा १३ सदस्यीय महिला संघ गठन गरिएको हो । योसँगै क्रियाशिल सदस्यताका लागि पनि सिफारिस गरिएको छ । यसै गरी नगरका सबै टोलहरुमा संगठन विस्तार गरिने नगर सभापति मलासीले बताए ।

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ पुष २७

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ पुष २७

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ पुष २७

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP