२०७८ श्रावण १७, आईतवार
August 1, 2021, Sunday

अछाममा ढुंगा लागेर महिलाको मृत्यु : बैतडीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

अछाम: अछाममा ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मंगलसेन नगरपालिका–१३ की ५३ वर्षीया विशुदेवि ढुंगाना रहेकी छिन्। 

जंगलमा घास काट्ने क्रममा भीरबाट खसेको ढुङगा लाग्दा उनको घटनास्थलमै मुत्यु भएको आफन्तले बताएका छन्।

भारत्या वनमा घाँस काट्न गएकी विशुुको शरिरको बिच भागमा ढुंगा लागेको उनकी बुहारी चन्द्रीका ढुंगानाले बताइन।

उता

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

धनगढीबाट बझाङ तर्फ गईरहेको अनटेस्ट ट्याक्टर सोमबार बिहान २ बजे जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिगास गाउपलिका ९ बाँजपानीमा दुर्घटना हुँदा बझाङको बित्थडचीर गाउँपालिका–४ का ४० बर्षे जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालक बझाङको बित्थडचीर गाउँपालिका–५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्याक्टरमा सवार बित्थडचीर गाउँपालिका–४ का २० वर्षे कृष्ण बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए । उनका अनुसार चालक नरेन्द्र महराको दुबै खुट्टा भाचिएका छन भने कृष्ण बोहराको खुट्टामा चोट लागेको छ ।

घाइते दुवैजनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करीब २ सय मिटर तल खसेको थियो ।

Related News

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
  • २०७७ पुष २०

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७७ पुष २०

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७७ पुष २०

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

TOP