२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

नेकपाको सम्पत्तिमा गिद्धे दृष्टि लगाउनेको हालत राम्रो हुनेछैन : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ- नेकपा ओली खेमाका नेता एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेकपाको सम्पत्ति डकैती शैलीमा लैजाने काम नगर्न अर्को खेमालाई चेतावनी दिएका छन्।

उनले नेकपाको सम्पत्तिमा गिद्धे दृष्टि लगाउनेको हालत राम्रो नहुने चेतावनी दिएका हुन्। नेकपा सुदूरपश्चिम प्रदेशको खाताबाट दाहाल नेपाल समुहले तीस लाख रकम झिकेको आरोप छ ।

प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्वारा शनिबार आयोजित बृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले भने, ‘हाम्रो बल्खु, हाम्रो धुम्बाराहीमा गिद्धे दृष्टि नलगाउनु। त्यसो गरेमा हालत राम्रो हुने छैन।’

उनले ओलीलाई सुन र प्रचण्ड–नेपाल खेमालाई पितल र किरासँग तुलनासमेत गर्न भ्याएका थिए।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७७ पुष १८

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP