
के दिन्छौ दोष तिमी ति छोटा कपडा लाई ,
जब नौ(९) महिनाकी नाबालिक बलत्कृत भई दिन्छिन ,
के दिन्छौ दोष तिमी त्यो मदिरालाई
जब आफ्नै बुबा र दाजुभाई को नजर गिद्ध झै भई दिन्छ
के दिन्छौ दोष तिमी ति साईली दिदीको भाग्य लाई ,
जब तिम्रै छोराले उनको उज्यालो जीवन लाई अन्धकारमा धकेली दिन्छ
के दिन्छौ दोष तिमी ति नारि लाई
जब उनी बलत्कृत हुदा
हाम्रो पुरुष प्रदान समाजले कहिले ति माहान पुरुष सँग प्रश्न गर्ने हिम्मत गरेका छौ, किन यस्तो गरौँ भन्ने।
किन गर्छौ तिमी घृणा ति बलत्कृत नारीलाई उनी दुर्गा कै रूप हुन् उनी पनि कसैको घर काे लक्ष्मी हुन्
बस फरक यति भयो यो पुरुषप्रधान समाज मा केही पुरुषको हेर्न दृष्टिकोण राछेसी भैदियो।
के दिन्छौ दोष तिमी उनको जिउने शैलीलाई ,
जब तिम्रो नमिठो बच्न र व्यहोरा ले उनीहरूलाई यो समाजबाट अन्धकारले भरिएको जीवन जिउन बाध्य बनाइदिन्छ।
किन छरकिन्छौ नारीको आलो घाउमा नुन उनको शरीर, ईज्जत र मान सम्मान सँग खेलेर पुगेन ,
उनीलाई नि हक अधिकार छ जसरी तिमी , हामी जिउँछौ त्यसरी नै जिउने, उनको पिडालाई आफ्नो फाईदा नबनाई समाजमा शिर उठाएर जिउने हिम्मत दिउ ।
दिपायल – सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले...