२०८१ आश्विन २६, शनिबार
October 12, 2024, Saturday

जे चाहान्छौ त्यही पाउँछौ


पशुपति मृगस्थली एउटा साधु बस्थे ।
शरिर सेताम्मे पारी खरानी लिई धस्थे ।।

रुखमुनि बसि भन्थे जे चाहन्छौ पाउँछौ ।
चाहेको अवश्यपाउँछौ जे जे मनमा धाउँछौ ।।

विहानै रुखमुनि बसी एउटै कुरा भन्थे ।
जे चाहान्छौ त्यही पाउँछौ आउने जाने सुन्थे ।।

सुनेको नसुन्यै गरी मानिस सुन्दै जान्थे ।
बटुवा ती कुरा सुनी दिमाग खुस्क्यो ठान्थे ।।

एक दिन एक जना यूवक त्यही बाटो आए ।
जे चाहन्छौ पाउँछौ भन्ने साधु सामु पाए ।।

साधुसँग सोध्न लागे सोचेको पाउँछौंर ?
मनले चाहेको पाई नवपथमा आउँछौंर ?

साधुले विश्वासको साथ पाउँछौ बालक भने ।
आत्मविश्वास प्रस्ट वाणी साधुबाट सुने ।।

तिमीले मलाई विश्वास गरे भने दिन्छु ।
तिमीले अवश्य पाउँछौ मैले जिम्मा लिन्छु ।।

जे चाहन्छौ त्यही दिन्छु के चाहन्छौ भन ।
मैले यी वोलेका कुरा राम्रोसँग सुन ।।

यूवक बोले आफ्नो ईच्छा हिराको व्यापारी ।
हीरामोती वेच्ने बन्ने यो हाल सपारी ।।

साधु बोले ठीक छ बालक एउटा हिरा दिन्छु ।
हातथाप कुरा सुन मैले जे जे भन्छु ।।

साधुले दाहिने हात उस्को हातमा राखे ।
चाहे जति हिरामोती पाउँछौ भन्न लागे ।।

बालक तिमीलाई मैले अनमोल हिरा दिन्छु ।
तिमीले वढाउँछौ हिरा मन ढुक्क हुन्छु ।।

यो हिरालाई वुद्घिमान समय भन्छन् ।
समय मुठ्ठीमा कसे चाहेको बन्दछन् ।।

समय मुठ्ठीमा कस गुम्न नदेऊ यसलाई ।
बनाउँछौ चाहेको हिरा कसिराख त्यसलाई ।।

साधुले यूवाको दोस्रो हातमा हात राखे ।
अमुल्य मोतीलाई पक्र साधु भन्न लागे ।।

महँगो मोती हो यसलाई धैर्य मोती भन्छन् ।
समय र धैर्य पक्रि चाहे जस्तो वन्छन् ।।

परिणाम नआएमा समय लगाई ।
धैर्य मोती धारण गर अधैर्य भगाई ।।

जसका साथमा धैर्य मोती सधै प्रबल हुन्छ ।
चाहेको अवश्य पाउँछ जीवन सफल बन्छ ।।

समयको सदुपयोग धैर्यको धारण ।
विश्वमा चाहेको पाउने बन्ने छ कारण ।।

साधुको कुरालाई सुनि यूवक गंभीर बने ।
समय फाल्दैन खेर यूवकले भने ।।

प्रत्येक पलको प्रयोग समय फाल्दैन ।
निस्क्रिय अल्छीको वसमा आफुलाई हाल्दैन ।।

थोपा थोपा खेर गए गाग्रो रित्तो बन्छ ।
खेर फाले प्रतिपल मानिस हीन हुन्छ ।।

बितेको समय आउन्न फर्केर कहिले ।
समयको सहि प्रयोग थालीहाल्छु अहिले ।।

समय र धैर्य पक्रि यूवक काममा लागे ।
हिराको व्यापारी बनी आफ्नो नाम राखे ।।

विना कारण समयलाई बरबाद गरेनन् ।
मनमा धैर्यको धारण कामसँग डरेनन् ।।

हिराको व्यापारी बनि साधु खोज्न गए ।
साधुले चिनेको देखि अचम्मित भए ।।

मन्दिर बनाएर ठूलो साधु त्यसमा राखे ।
साधुलाई मन्दिरमा राखी आश्रम खोल्न लागे ।।

साधुले यूवालाई सधैं समय सम्झाए ।
धैर्यको महत्वपनि सबैलाई बुझाए ।।

(नयाँ पत्रिकाको प्रेरक प्रसंगमा आधारित )

Related News

रहेनन् दार्जिलिङका नाटककार अर्जुन
रहेनन् दार्जिलिङका नाटककार अर्जुन
  • २०८० आश्विन १९

सिलिगुडी — दार्जिलिङका अग्रज नाटककार तथा चिन्तक पी. अर्जुनको शनिबार...

TOP