२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

मान्छेहरु….

हिक्मत शाही

खै कताबाट हो ?
आउँछन् मान्छेहरु
केहि दिन रोएर
केहि दिन रमाउछन् मान्छेहरु
अनि फेरि
अनन्तको महायात्रा पक्रिएर
महाशुन्यमा हराउँछन् मान्छेहरु !

आस बोकेर आउने कति
लास बनेर जाने कति
सास मात्रै त जीवन हो
यति बुझ्दाबुझ्दै पनि
रुने कति
रुवाउने कति
दुख्ने कति
दुखाउने कति ?
सास रहुन्जेलको अास भने नि
त्रासै-त्रासमा बाँच्छन् मान्छेहरु !

तृष्णा कति छन्
अतृप्ति कति छन्
इर्षा , पाप अनि प्रतिशोध झन् कति छन् कति छन् ?
जल्ने दियो बने पनि
या
घोच्ने सियो बने पनि
आउँदा एक्लै आउँछन्
जाँदा एक्लै जान्छन्
अनन्त मिराजहरु बिच
छट्पटीदै तिर्खाले बाँच्छन् मान्छेहरु !

जालझेल कति-कति
छलछाम कति-कति
न लोकाचार छ
न शिष्टाचार
जताततै सौदावाजी
अनि
पापाचारको व्यापार छ ।
आउँदा खाली हात आएकाहरु
जाँदा खाली नै जान्छन्
तर पनि
आफ्नै रफ्तार मुनी कुल्चिन्छन् मान्छेहरु !

सहकाल छ कतै
अनिकाल छ कतै
मालामाल छन् कोही
कङ्गाल छन् कोही
जे भए नि
कोही मनका दु:खी छन्
कोही धनका दु:खी
चीतामा लास हो र पोलिने
सपना बनेर पोलिन्छन् मान्छेहरु !

चाप्लुसी कतै
चाकरी कतै
शक्तिको भक्ति जता ततै !!
आशक्त हुन्
वा
ति हुन् भक्त
भगिरथ प्रयत्न देखिन्छ जताततै !
पेल्छन् कोही
पेलिन्छन् कोही
ठेल्छन् कोही
ठेलिन्छन् कोही ,
भाग्दाभाग्दै थाकेको दिन
केहि छिन् बिश्राम गर्न नपाउँदै
महाशून्यमा विलिन हुन्छन् मान्छेहरु !

सुख सहिँदैन अरुको
दुःख देखिदैन अरुको
घात कति कति ?
प्रतिघात कति कति ?
पाप के ?
पुण्य के ?
आफ्नै अनुकूल परिभाषित गर्छन् मान्छेहरु !
धरातलबाट स्खलित भएर
रसातलमा पुरिँदा समेत
आत्मरतीको थाङ्नामा रमाउँछन् मामान्छेहरु !!
ज्यूँदा पनि के भन्नु र ?
आफ्नै मनोरोगको चीतामा पलपल पोलिन्छन् मान्छेहरु !

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ बैशाख १०

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ बैशाख १०

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ बैशाख १०

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP