दियो बाली बसेको छु तिमि आउँछौ कि भनेर
बसेको छु तिमिलाई जिन्दगीको सहारा ठानेर
सुस्ख ,दुःखका दिनहरू सँगै बिताउला सोचेको छु
तिमिलाई सम्झेर बाटो कुरी बसेको छु
यो हाँसो ,यो मुस्कान जिन्दगीमा बस्छौ रमाएर
तिमि मेरो मान्छे जानेछु मैले केही कुरा सुनाएर
सधैँ साथमा बसौँ आएर कुरा गर
पूर्णिमाको जुनेली रात सम्झने गर
तिमि सँग बसेको समय प्यारो लाग्छ
एकान्त ठाउँबाट तिमि सँग बोल्न मन लाग्छ
जिन्दगीका सपनाहरू अनेक छन् पुरा गर्नुपर्ने
जन्मेको यो सुन्दर संसारमा रमाएर हो बस्नुपर्ने
जिन्दगीमा खुसीका रङ्गहरू देखिन्छ कि आशा छ
तिमि सँग भेट होस भनी मन्दिरमा प्रार्थना गर्ने सोच छ
नाम (गोबिन्द राज ओझा (राजन)
ठेगाना(दिपायल सिलगढी न.पा.-२ दिपायल डोटी
पशुपति मृगस्थली एउटा साधु बस्थे ।शरिर सेताम्मे पारी खरानी लिई...