२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

कविता: ऊ र म

  • केशवराज ओझा

उसलाई हिजो मैले धेरै सहयोग गरे
उसका लागि भारी बोके
दाउरा चिरे
सडक आन्दोलन गरे
अपांग भए
जेल जीवन बिताए
उसलाई वर्षेका प्रत्येक शब्दरुपी प्रहारहरु
मैले सहजै रूपमा आत्मसाथ गरे

उसका लागि म कुनै अर्जुनभन्दा कम पौरखी थिएन
विहानै उसको सेवामा तल्लीन हुन्थे
अनेक समस्याहरुको समाधान गर्थें
प्रत्येक सोपानहरु चड्न म खुड्किला भइदिन्थे
हुन त ऊ मभन्दा साह्रै टाठो थियोे
अझै भन्नौ भने दुरदर्शि थियोे
उसलाई राम्रोसँग थाहा थियोे
यो मेरालागि जे पनि गर्न तयार हुन्छ भनेर
ज्यान अर्पण गर्न
बज्र प्रहारहरुसंग पैठाजोरी खोज्न
अनि सकुशल मलाई सफलताको शिखर पु¥याउन
त्यही भएर उसले मलाई
प्रत्येक समारोहमा लग्थ्यो
झोला वोकाउथ्यो
झुटा बोल्न लगाउथ्यो
उसको अट्टहासमा म पनि रमाइदिन्थे
सायद म भने अझै उसबाट सहयोग पाउने
आशमा वसेको हुन्थे
प्रत्यक गते,बार,महिना,ऋतु,अनि वर्ष
तर, विडम्बना
समयलाई सायद उसलेमात्रै भोगेको थियो
मैले अझै समयलाई बुझिसकेको छैन
समयको नाममा मैले उसबाट अलिकति बढी नै दण्डित अनि अपमानित हुनु परेको छ
उसबाट मेरा आशाहरु धेरै थिएनन्
अलिकति परिवार पाल्ने जोह
थोरै वारीका पाटाहरु र कोदाली मात्रै मागेको थिए
हिजोका दिनमा ऊ पनि मजस्तै थियो
झोत्रे,मोत्रे,अपमानित
मलाई राम्ररी थाहा छ
कैयौंपटक उसंग पैशा नहुदा उसले अपमान भोगेको
अपमानको घाउ चरम दुखेको
उसका अपमानका घाउहरुमा मैले कैयौंपटक मलम लगाइ दिएको थिए
ऊ विरामी पर्दा मलाई टुलुटुलु हेर्थ्यो
म उसका निरही आखामा आखा जुधाइ
गहभरि भरिएका आशु पुछि दिन्थे
मेरो जति सब उसको हुन्थ्यो
उसको जति सब मेरो हुन्थ्यो
कैयौंपटक उसले मलाई कहिल्यै नछाड्ने कसम खान्थ्यो

समय पनि कति निठुर
उसका प्रत्येक घाउका डोबहरु चाडैं पुरिए
म कति सोझो उसंगै आफूलाई परिवर्तन गर्न सकिन
अहिले ऊ चिल्लो गाडीमा यात्रा गर्छ
म पैदल हिड्छु

उसंग आलिसान बङ्ला छ
म झुपडीमा बस्छु
आजकल उसलाई मसंग बोल्न नै
अपमान भएको महसुस हुन्छ अरे
म उसको विद्रोही भए रे
सायद आजकल मेरा कुराहरू तीता लाग्छन् उसलाई
त्यही भएर दुस्मनको संज्ञा दिदो हो
वास्तविकता पनि यही हो
उसका वारेमा मलाई जति अरु कसलाई थाहा छ र?
त्यसैले त उसका नजिकका अरु नै छन
उसलाई लोलोपोतो लगाउछन
तलुवा चाट्छन
उसलाई खुसी पार्ने वहस गर्छन्
वस फाइदाका लागि
केवल नाफाका लागि
मैले गल्ति गरेछु
उसका प्रत्येक क्रियाकलापमा साथ दिनुपर्थ्यो
उसलाई गलत मार्गमा रोक्न हुदैनथ्यो
उसका भरौटेहरुलाई जी महाराज भन्नुपर्थ्यो
तर मैले सकिन चाहिन र गरिन पनि
साहेद म चाहिने भन्दा बढी नै सोझो थिए

अस्तु

केशवराज ओझा
सुजङ्ग माध्यमिक बिधालय राजपुर डोटी

Related News

प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
  • २०७९ असार २५

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP