२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

वन जोगाऔँ, आगो नलगाऔँ

लेखक : भक्तबहादुर बलायर

मान्छे पशु वृक्ष कीट ईश्वरको सृष्टि ।
सबैको पालना हुन्छ पूर्ण राखि दृष्टि ।।

प्राणीलाई चाहिने तत्व ईश्वरको सृजना ।
मानव प्रकृति नास्छ राखेर तिर्सना ।।

प्राणीको जीवनको लागि हावापानी अन्न ।
मानिस प्रकृति नास्छन आपूm सुखी बन्न ।।

मानिसको प्राणी धान्ने हावापानी अन्न ।
मानव तैयार छैनन् सत्य कुरा सुन्न ।।

रूख काट्छन वनमा आगो मानिसै लगाउँछन ।
आगो लगाई पशु पँन्छी वनबाट भगाउँछन ।।

हावाको स्रोत हो रूख पानीको मुहान ।
वन नासी मानवले खोद्दछ चिहान ।।

प्राण वायु अक्सिजन रूखैबाट आउँछ ।
मानिसले श्वास फेर्न विना पैसा पाउँछ ।।

आजभोलि बजारमा पानी किनी खान्छन् ।
रूख मासे अक्सिजन कहाँ खोज्न जान्छन ।।

अक्सिजनका सिलिन्डर किनेर राख्ने छन ।
पानी जस्तै हावा किन्न सहायता माग्ने छन ।।

सास फेर्न अक्सिजन रूखबाट पाइन्छ ।
अस्पतालमा सिलिन्डर कतिका चाहिन्छ ।।

तीनवटा सिलिन्डर एक दिन चाहिन्छ ।
थोक किन्दा प्रति गोटा हजारमा पाइन्छ ।।

दिनको तीन तीन हजार अक्सिजन किन्दा ।
कतिको उपकार हुन्थ्यो वृक्षलाई चिन्दा ।।

के होेला अक्सिजन किन्दा पानी किने जस्तै ।
अक्सिजन किनी खाँदा पैसा पर्ला मस्तै ।।

वातावरण प्रदूषित अक्सिजन विनाको ।
तेल झिकी फाले जस्तै तोरीको पिनाको ।।

वन मासे अक्सिजन काँबाट आउने हो ।
वृक्ष विना अक्सिजन कसरी पाउने हो ।।

वनमा लगाउँदा आगो कति जीव मर्छन ।
पशु पन्छी किट वृक्ष अग्नि ज्वाला पर्छन ।।

कतिको जीवन जान्छ एक झिल्को आगोले ।
कार्इँ बस्ने ठौर नईँ पाउनो वनको माखोले ।।

वनको विनाश गर्दा कति पैरा पर्छन ।
डाँडै खसी पहिरोमा कति मान्छे मर्छन ।।

पानीका मुहान सुक्ने पशु पन्छी भाग्ने ।
मान्छेकै आँखाका सामु वनमा आगो लाग्ने ।।

को रैछ वनको रक्षक कस्ले हो जोगाउने ।
कस्लाई हो चाहिने वन विचार लगाउने ।।

को रैछ वनको मालिक कस्को काममा आउने ।
आप्mनै वनमा किन हामी आपैm आगो लाउने ।।

हाम्रो नै काममा आउने शुद्घ हावा मिल्ने ।
शुद्घहावा सफा पानी हाम्रै जीवन खिल्ने ।।

एक बच्चा जन्मदा साथ तीन वृक्ष लगाउँ ।
वातावरण हराभारा खरेडीलाई भगाउँ ।।

मुलमा झाङ्गिए रूख मूल सुक्दैन कैले ।
वन मास्दा त्यसको फल भोग्न थाल्यौ ऐले ।।

प्रकृतिको पूजा हामी रूख लगाई गरौँ ।
सबै मिली डाँडा पाखा रूखै रूखले भरौ ।।

मल दिने पानी दिने हावा काठ दिने ।
यो धर्तीको दूषित वायु रूखले आफु लिने ।।

उपकारी त्यस्ता रूख काटने आगो लाउने ।
वनको विनाश गरी हामी दुःख पाउने ।।

घोलमा बसेको तित्रो मृग बच्चा वाली ।
कसरी बचाउने बच्चा कता हामफाली ।।

कालिज घोलमा बसी बच्चा प्वाख मुनि ।
आप्mना प्वाँख बल्न दिन्छ चल्ला बच्लान भनी ।।

हरिणको बच्चा जन्म्यो आगो दन्की आयो ।
जन्मदै बच्चाले कति तातो हावा खायो ।।

मृगको भागा भाग हुन्छ चराको चिच्याट ।
तातो हावा आगो दन्की वनै निस्याट ।।

गुडमा बसेका पन्छी मृग बच्चा सङ्ग ।
दन्कादा वनमा आगो शान्ति हुन्छ भङ्ग ।।

कमिलाकी जन्ती निस्की लामो लाम लगाई ।
आगो देख्दा ढुङ्गा मुनि अलि आस जगाई ।।

हराभरा वनमा आगो खरानी बनाउने ।
प्रकृतिलाई घाँसको पारी आगोमा रमाउने ।।

हरिया घाँसको लागि वनमा आगो लाउने ।
एउटाले विगार गर्ने सबले दुःख पाउने ।।

एक काँटी सलाईले बत्ती कोठा नै उज्यालो ।
त्यही काँटी वनमा फाले को आगो बुझालो ।।

आप्mनै वनको घाँस पात काठ दाउरा चाहिने ।
मान्छेको प्राणको वायु त्यसै वनमा पाइने ।।

आगो लाउँदा धुवाँबाट कार्बन बन्दछ ।
कार्बनले स्वास्थ्यको नोक्सान विज्ञान भन्दछ ।।

कार्बनले यो वातावरण दूषित पार्दछ ।
कार्बनको वृद्घिले भए मान्छे अकाल मर्दछ ।।

जनकाट रूखका डाली बरु रूख लगाँऊ ।
चारैतिर हरियाली विपत्तिलाई भगाऊँ ।।

रुख लाए वनभरि पानी मूल फुट्छन् ।
हावापानी स्वच्छ भए आपैm रोग छुटछन् ।।

एक चोटि वनमा घुमाँै कति प्राणी वस्छन् ।
घाम डुवे गुँडपंछि कीरा दुला पस्छन् ।।

आगोमा काँ पुग्छन तिनका वस्ने सबै घर ।
पैmलँदा वनमा आगो कति लाग्छ डर ।।

वातावरण प्रदूषणले मौसम बदलिन्छ ।
चौतर्पm वढेर गर्मी हिम शिखर पग्लिन्छ ।।

पानीका सुक्दछन मूल महामारी आउँछ ।
आफ्ना नै कार्यले मानव आपैm दुःख पाउँछ ।।

एक छिन नभए हावा काँ पुग्छ मानव ।
हावा आउने रुख मास्न बन्दछ दानव ।।

हावा दिने रूख भनी धेरैले जान्दछन् ।
उपकारी रूखलाई किन मास्न ठान्छन् ।।

रूख रोपौँ आगो लाउने कुकर्मलाई त्यागौँ ।
डाडाँपाखा हराभरा पार्ने काममा लागाँै ।।

४९) हाम्रा पुर्खा वर पीपल बाटा बाटा लाउँथ्ये ।
घाममा छहारी विश्राम स्वच्छ हावा पाउँथे ।।

रूख रोप्नु ठूलो धर्म सन्तान पैmलाउने ।
रुखका वृद्धिका साथै सन्तान मौलाउने ।।

डाडाँ काडाँ रूख रोपे पछिसम्म नाम ।
सवैलाई अक्सिजन मिल्ने कति पुण्य काम ।।

जीव हत्या आगो लगाई मानिस भएर ।
अवश्य भोगिन्छ फल परलोक गएर ।।

हावा नभई जीव जन्तु को बाँच्न सक्तछ ।
रूख रौपौ आगो नलाऊँ ईश्वर तक्दछ ।।

आपूm पनि स्वच्छ हावा अरु पनि पाउने ।
रूख रोप्नु पूण्य कार्य सवको काम आउने ।।

यो धर्ती जोगाऊँ सवै सन्तानको नासो ।
रूख नासी दूषित पारे आप्mनै घाँटी पासो ।।

मुन रुपमा पुर्खावाट यो धर्तीलाई पायौं ।
पुर्खाका प्रतापवाट स्वच्छ हावा खायौं ।।

सन्तानको नासो धर्ती सुरक्षित राखांै ।
हराभरा धर्ती पार्न रूख रोप्न लागौं ।।

नलगाई वनमा आगो भएका वचाऔँ ।
खाली ठाउँमा राम्रा राम्रा वृक्षले सजाऔँ ।।

सन्तानको नासोलाई सुरक्षित वुझाऊँ ।
रूख रोप्नु पुण्यको काम सवका मनमा सुझाऊँ ।।

वरपिपल विण्णु रूप बेल शिवको पाती ।
रुख रोपौं वन जोगाऔं सबै मानव जाति ।।

नेपाल सुन्दर देश प्रकृतिको खानी ।
पर्यटक हेर्न आउँछन् सौन्दर्यलाई जानी ।।

चरा हेर्न कुनै आउँछन् कुनै जनावर ।
वनमा मृगको बथान बाटो वरपर ।।

कोही मान्छे लुकेर मृग मार्न थालि सके ।
हामीले समात्नु पर्छ सिकार खेल्ने देखे ।।

लुकिछिपि सिकार गर्ने देशका घातक हुन ।
छोडिदिए अझ मार्छन ती त्यस्ता घातक झन् ।।

प्रकृतिको सन्तुलन सबै प्राणी रूख ।
सन्तुलन मिलाई राखे सबलाई हुन्छ सुख ।।

नमाराँै वनका चरा न त मृग मारौं ।
सन्तुलन मिलाइराख्न हराभरा पारौं ।।

लेखक राइमती र बेलु पुस्तकका रचनाकार हुन् । उनले लेखेका ति पुस्तकले सुदूर तथा कर्णाली प्रदेशको धन खाने (चेलीबेटी बेचबिखन) प्रथाको अन्त्य गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो ।

Related News

कथा – थकथकी
कथा – थकथकी
  • २०७६ चैत्र २९

चतुरेको संयुक्त परिवार छ । सयुक्त परिवार भएपनि सबै एकआफसमा...

TOP