२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

बाबा हजुर नेता बन्नुहोस्

कविता : मनमोहन ठकुल्ला
डोटी बहुमुखी क्याम्पस, स्नातक दोश्रो बर्ष

बाबा ! तपाईं नेता बन्नुहाेस्
अनि म बल्ल जागिरे हुन्छु,
मलाई सबैले चिन्नु हुन्छ
फलानाे नेताकाे छाेरा भनेर
अनि म पनि ,रमाउछु
सबैकाे त्यस्तो बाेलि सुनेर,
म याे आग्रह गर्न चाहन्छु
बाबा हजुर नेता बन्नुहाेस् ।

मलाई सबैले चिन्न हुन्छ
मैले कसैलाई नमस्कार गर्दा
सबैले नमस्कार फर्काउनु हुन्छ
अनि त्यहि ठाउँमा हजुरकाे नाम लिदा
मेराे मन कति गदगद हुन्छ,हाेला
हजुरकाे नाम पुस्तान्तरण हुदा
मेराे ठूलाे सपना पूरा गर्दिनुहाेस्
बाबा हजुर नेता बन्नुहाेस् ।।

मैले नमस्कार गर्दा काेहि पनि नमस्कार गर्दैनन्
सायद हजुरले मुग्लानमा पसिना बेचेर हाेला
बाेल्दा काेहि पनि बाेल्दैनन्
सायद हजुरकाे त्याे मुग्लानी फाटाे झाेला देखेर हाेला
बाबा मेराे सपना अधुराे हुनेछ
जीवनकाे जगमा सिमेन्ट र बालुवाकाे कमि हुनेछ ,
एकैछिन भएपनि बाबा सुन्नुहाेस्
तपाईं नेता बन्नुहाेस् ।।।

बाबा मुग्लान भूलि दिनुहाेस्
त्याे मुग्लानकाे रेलकाे यात्रा सम्झिनुहाेस्
छाेराकाे लागि भुलि दिनुहाेस्
एकपटक मुग्लानकाे बिचित्रता सम्झिनुहाेस्
गाउँमा आएर बस्नुहाेस्
कसैकाे झाेला बाेकेर नेता बन्नुहाेस्
मलाई फलानाेकाे छाेरा भनेर चिनिनुछ,
याे वचन पूरा गरि दिनुहाेस्
नेताकाे छाेराछाेरीलाई सबैले चिन्नु हुन्छ
बाबा अलिकति बुझ्दिनुहाेस् ,
तपाईं नेता बन्नुहाेस् ।।।।

मान्छे चुन्नेहरुकाे बिचमा
म चुन्निदैन,चुन्नेकाे पनि छैन म
फर छ नि,
म नेताकाे छाेरा हैन्
एउटा मुग्लानमा पसिना बेच्नेकाे छाेरा हुँ
त्यसैले मैले नमस्कार गर्दा कसैले नमस्कार गर्दैनन्
म खुसी नै छु , दुःखी छैन,
म आफुले आफूलाई गर्व गर्दछु
सम्झन्छु मेराे संस्कार बिलिन हुनु पुर्व नै
सबै यी महानुभावहरूकाे संस्कार बिलिन भएछ,
बा बा अब पसिना त्यहाँ त्यति बेच्नुहाेस्
फर्कनुहाेस् ,चुनाव हुदैछ
कसैलाई भाेट दिए पनि
एक दिनकाे लागि नेता बन्न त पाईन्छ ।
म पनि कहि कत‌ै आफ्नाे पेट पाल्ने नाैकर
हुन्छु की ??
मलाई नेताकाे छाेराे, नातेदार , ईष्ट मित्र हुनुछ।
आफ्नाे भाेकाे पेट पाल्नु छ ।
मेराे जिन्दगीको सपना पूरा गर्दिनुहाेस्
तपाईं नेता बन्दिनुहाेस् ।।।।।

बाबा हजुर नेता बन्दिनुहाेस् ।
मेराे प्रश्नलाई स्वीकार गर्दिनुहाेस्
जहिले पनि मेराे देशमा
हरप्रहर प्रश्नबाचक चिन्ह लाग्छ
म कसरी अगाढि बढ्न सक्छु
याे प्रश्नबाचक चिन्ह जहाँकाे त्यहि खडा छ ।
मेरो आग्रह
बाबा हजुर नेता बन्दिनुहाेस् ।।।।।
मेराे प्रश्नलाई स्वीकार गर्दिनुहाेस्
बाबा हजुर नेता बन्दिनुहाेस् ।।।।।।।।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ पुष ९

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP