२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

तिहार – दीपावली

१) दशैंको रमाइलो पछि तिहार पर्व आयो। 
   नेपालीको मुहारमा खुसीयाली छायो।। 
२) विभिन्न नामले तिहार बोलाउने गरिन्छ। 
   कृषकका भण्डारमा अनाज भरिन्छ। 
३) शरद्को रमाइलोे दृश्य भाडी फूल फूलेका।
   फलका रुखमा फल लटरम्म झुलेका।। 
४) दीपावली भाइटीका यमपञ्चक भन्छन्। 
   तिहारको आगमनमा सबै खुशी हुन्छन्।। 
५) हिलो छैन धुलो छैन भित्र अनाज टन्न। 
   पशुपंछी मानव सबका घरमा हुन्छन् अन्न।। 
६) किट पंछी जनावर मानव सबै खुशी। 
   सबैले पाउँछन खान कुनै छैन दुःखी।। 
७) म्हपुजा आत्मसम्मान यसै पर्व गर्छन् । 
   नेपाल संवत् म्हपुजा यसैवेला पर्छन्।। 
८) सयपत्री मखमली दुवो माला बनाई।
   बहिनी भाइलाई टीका स्नेह भाव जनाई।। 
९) भाइबहिनीको महान् चाड सदभाव जगाउने। 
    दाजुभाइ बहिनीको मनमुटाव भगाउने।। 
१०) सबैका घरमा मिठाई सेल रोटी पकाई। 
    सवैले मनाउँछन तिहार सारा दुःख भगाई।। 
११) केटाकेटी बुढाबुढी सबै हुन्छन् मस्त। 
    सेलरोटी अनार्सादी मिठाई पार्न व्यस्त।। 
१२) सेलरोटी आपैm पकाई लक्ष्मीलाई चढाउँछन्। 
    दिदी वैनी दाजुभाइ सदभाव बढाउँछन् ।। 
१३) प्रकाशको उत्सव हो यो अँध्यारो भगाउने । 
    नवीन भरौसा आशा मनमा जगाउने ।। 
१४) सत्य दियो तपको तेल दया बत्ती बाली ।
    क्षमा ज्वाला प्रकाश छर्ने तपको तेल हाली ।। 
१५) महाभारत यही भन्छ सत्य दीपक बाली ।
    अन्धकार नास्नु पर्छ तपको तेल हाली ।। 
१६) कार्तिक् कृण्ण त्रयोदशी शुक्ल द्वितीयासम्म । 
    पाँच दिन यमपंचक मनाउँछन् टन्न ।। 
१७) काग तिहार कुकुर तिहार गाई तिहार गोरु ।
    पाँचवटा तिथि मान्छन् तिहार मान्नेहरु ।। 
१८) यम पंचक यमराज यमुनाका घर । 
    धर्मराज बहिनीका घर छोडी चित्रगुप्त भर ।। 
१९) चित्रगुप्त जिम्मा लगाई बहिनी घरमा गए । 
    पाँच तिथि प्रकार तिहार यमपंचक भए ।। 
२०) यमराजको सेवासत्कार पुजा आराधना । 
     जीवजन्तु पुजा आजा खुशी सबै जना ।। 
२१) पाँचै दिन यमराज यमुनाको घरमा । 
    चित्रगुप्त काम गर्ने पुरा विश्व भरमा ।। 
२२) पाँचै दिन यमराज बहिनीसँग बिताई । 
    बहिनी भाइलाई पुज्छिन्  आशिर्वाद चिताई 
२३) बहिनीले हालेको तेल मखमली माला । 
    भाइको अटल आयू पूरा जीवन खाला ।
२४) यम पंचक यमराज मृत्यु लोक आउँछन् ।
     घर घर दीपावली यम पुजा पाउँछन् ।।  
२५) यम, मृत्यु,धर्मराज, वृकोदर, चित्र । 
    चौध नामले यम पूजा यमपंचक भित्र ।। 
२६) अन्तक, वैवस्वत,अनिल, औदुम्वर, दघ्न ।
    परमेष्ठीको पुजा गर्छन टार्न सबै विध्न ।। 
२७) महाकाल चित्रगुप्त सर्वभूतक्षय । 
   चौध नामको पुजा गर्छन जित्न मृत्यु भय ।। 
२८) महिष् वाहन् दण्डधर यमको पुजा गरी । 
    मृत्युको भयको मुक्ति सुख जीवन भरी ।। 
२९) महान धर्म संस्कृति पशु पंछीको पालक् । 
    भगवानै पशुको अवतार आपैm सृष्टिचालक् ।। 
३०) देउताका देवीका वाहन पशु पंछी हुन्छन् । 
    देवगणका पशुपंछी परम मित्र बन्छन् ।। 
३१) रामलाई जटायू सुग्रीव हनुमानले सघाए । 
     रावणको लंका पोली सीताजी  जोगाए ।। 
३२) हाम्रो धर्म संस्कृति प्रकृति बचाउने । 
    वातावरण संरक्षण पृथ्वी जोगाउने ।। 
३३) कछुवा, वराह, सिंह, माछो रुपधारी । 
    मानव उद्धार गर्छन् संकटलाई टारी ।। 
३४) कस्तो राम्रो संस्कृति गाई गोरु पुज्ने ।
    काग कुकुर पुजा गरि तिन्को अर्थ बुझ्ने ।। 
३५) भाइसंगै काग कुकुर गाई गोरु पुज्छौं । 
   प्रकृतिको सामनजस्य हामी सबै बुझ्छांै ।। 

काग तिहार 

३६) यमपंचक पहिलो दिन काग पुजा हुन्छ । 
    संदेशवाहक काग मानव मित्र बन्छ ।। 
३७) परदेश भएका परिवार काग बोली सुन्छन् । 
    आफन्तले रैवार दियो सुबोल बोल भन्छन् ।।
३८) हरिया रुखमा बोल्दा राम्रो खबर मान्छन् । 
    आफन्तलाई परदेशमा संचै रैछ ठान्छन् ।। 
३९) काग्को बसाई हाउ भाउ बोलीको प्रकार ।
    मानिसले लख काट्छन् के दियो संचार ।।
४०)  माली कौवा सानो हुन्छ काली कौवा ठूलो ।
      घर कागको बोली टाठो काली कागको लुलो ।। 
 ४१)  सन्देश बाहक काग सत्ययूगमा पनि ।
       देवगण कागको प्रयोग संचार पु¥याउँ भनि ।। 
  ४२)  अमृत सेवन गर्दा अजम्बरी चरो ।
        चलाख चरामा काग बुद्धि निकै खरो ।। 
   ४३)  मानिसको साथी काग जहाँ बसे पनि ।
         कराउँछ बाघ, भालु, सर्प, शत्रु आयो भनि ।।
    ४४) भूकम्प पहिरो बाढी विपत पर्दा पनि ।
          कागले कराउँछ पहिले विपद आयो भनि ।। 
    ४५)  उखान छ कागको पूmल को चोर्न सक्छ र ?
         कागभैm भविष्यको संकेत को गर्न सक्छर ??
  ४६)   कागको स्मरण शक्ति अचम्मको हुन्छ ? 
       काग मार्ने मानिसको निकै शत्रु बन्छ ??

४७)   लखेट्छन् वाँधेर हुल काग मार्ने मान्छे । 
      कागको गुँडको रुख चढे ठुङन पोथी जान्छे ।।
४८ ) पोथी काग कराएर काग जम्मा गर्छे ।
      लखेटछन् कागको वथान पोथी गुंड हेर्छे ।।
 ४९) मार्दैनन् कागलाई कुनै यम दुत ठानी ।
    कागलाई खुवाउँछन् खाना सन्देशवाहक मानी ।।
५०) वातावरण सफा गर्ने फोहर वस्तु खाने । 
     दुर्गन्धी वस्तुलाई खाई सफा गर्दै जाने ।। 
५१) विहानै कागको पुजा खाने कुरा दिन्छन् ।
    कागलाई यमराजको दुतको रुपमा लिन्छन् ।। 
५२) शास्त्रहरु काको असि यमदुत लेख्छन् । 
     कागमा यमको दुत्को स्वरुप नै देख्छन् ।। 
५३)  काग रुप धारण गरि यमले भन्या कुरा । 
     काग पुज्नेका पुर्वजलाई सद्गति पुरा ।। 
५४) पुर्वज सद्गति पाउँछन् काग पुज्ने जनका । 
     काग पुज्नेका पितृ खुसी फल पाउँछन् मनका ।। 
५५) पुर्वज सद्गति दिन्छु काग पुज्नेहरुलाई ।       
     यमराज सुझाव दिन्छन् काग पुज्न अरुलाई ।। 
 ५६) काग पुजामा दालभात पक्वान दुना राखि ।
     काग ख्वाए पितृ पाउँछन् भन्ने भाव जागि ।।
  ५७) यमको दुतको रुपमा काग पुजा गर्छन् । 
      कागलाई पक्वान ख्वाए यमराज दंग पर्छन् ।। 
५८ काग मानव प्रकृतिको अति  प्रिय मित्र । 
     किरा खाई बाली रक्षा आफ्नो क्षेत्र भित्र ।। 
५९) कागभुसुण्डी कस्ता ज्ञानी शास्त्रमा लेखेको ।
     काक न्याय प्रसिद्ध छ समान देखेको ।। 
६०) भेदभाव रहित हेर्ने काग न्याय भन्छन् । 
     काग भुसुण्डीका मिठा कथा पंडितवाट सुन्छन् ।। 
६१) साँझपख मूलढोकामा यम दीपको दान । 
     अल्पायुमा मृत्यु हुन्न मिल्छ सधैं मान ।।
६२) असमय मृत्यु हुन्न यौवन अवस्था । 
     यमराज आपैm गर्छन् बचाउने व्यवस्था ।। 
६३) यमराज साह्रै खुसी काग पुजा गरे । 
     दीप दान यम भक्तिको विश्वासमा परे ।। 

कुकुर तिहार 

६४) दोस्रो दिन कुकुर तिहार यम दुत भनि । 
     यमराजको दरवार रक्षक् भैरव वाहन पनि ।। 
६५) स्नान गराई माला पहिराई टीका लगाई दिन्छन् । 
     खाना खुवाई पुजा गरि ठूलो पुण्य लिन्छन् ।। 
६६) मानिसको विश्वास पात्र भक्तिभाव् जगाउने । 
    घरको रक्षक्  स्वामी भक्त चोरलाई भगाउने । 
६७) ऋग्वेदमा कुकुर पुजा वर्णन गरिन्छ । 
     कुकुरको पुजा गरे सुखमा परिन्छ ।। 
६८) यसै दिन श्री कृष्णले नरकासुरलाई मारे । 
     राक्षसको वध गरी जनता सुखी पारे ।। 
६९) नरक चर्तुदशी भन्छन् नरकासुरलाई मार्दा । 
    कृष्णको जय जयकार राक्षस कष्ट टार्दा ।। 

७०) अपराधी पत्ता लाँउछ कुकुरले सुँधेर । 
    कुकुर मालिक चिन्छ एक फेरा देखेर ।। 
७१) संकटमा विपदमा कुकुर काम आउँछ । 
     कुनै चीज हराएमा सुँंधी पत्ता लाउँछ ।। 
७२) नरक चतुर्दशी तेल लगाएमा ।
    तेलमा लक्ष्मीको वास भाव जगाएमा ।। 
७३) हँुदैन धनको कमी जीउमा तेल लाउँदा । 
    धन धान्य वैभव वृद्धि तेल लगाई न्वाउँदा ।।

तेस्रो दिन गाई तिहार  

७४) तेस्रो दिन यम पंचकको गाई तिहार आउँछ । 
     गाईको पुजा गर्ने जन्ले स्वर्ग निवास पाउँछ ।। 
७५)  गाईको महिमा वर्णन स्कन्दपुराण ।
     व्रहमाण्डपुराण, वेद , भविष्यपुराण ।। 
७६) महाभारत पद्मपुराण गरुडपुराण पनि । 
    गाईको महिमा वर्णन लक्ष्मी माता भनि ।। 
 ७७) गाई पुजा गर्ने व्यक्ति वैतर्णी तर्दछन् ।
     स्वर्गमा पुजाको फल उपयोग गर्दछन् ।।
७८) विश्वरुप सर्व रुप गोरुप वर्णन । 
     लक्ष्मी रुप गौमाता श्रद्घाभाव अर्पण ।। 
७९) नगर्नु गौहत्या कैले गौको रक्षा गर्नु । 
     गौमुत्र गोबर दुध औषधी रोग हर्न ।। 
 ८०) दुध दहि घ्यूमा धेरै पौष्टिक तत्व हुन्छ ।
      गोरसको सेवनले शरिर पुष्ट बन्छ ।। 

८१)   गौमुत्र किटाणु नास्ने प्रांगारिक मल ।
      विषादी रहित खाना दिन्छ जीउमा बल ।। 
८२) औसिको विहान गाईको पुजा गर्छन् घरमा ।
    जल छड्कि टीका लगाई बत्ती लिई करमा ।। 
८३) गाईको पखाली खुट्टा माला धाँटी हाली ।
    सफा राख्छन् गाई गोठ सबै गोबर फाली ।। 
८४) शास्त्रमा उल्लेख कुरा गौसेवा गरेमा ।
    धन धान्यको प्राप्ति हुन्छ विश्वासमा परेमा ।। 
८५ लोक पाल्ने धेनु रुप गाई लक्ष्मी स्वरुप ।
    धनधान्यको प्राप्ति हुन्छ सन्तान हुँन्नन् कुरुप ।। 
८६) शोभा सुख सम्पन्नता सौभाग्य सौन्दर्य । 
     सृष्टिकी देवी हुन लक्ष्मी वैभव ऐश्वर्य ।। 
८७) धनधान्य ज्ञान सुख ऐश्वर्य आरोग्य । 
    आंैसिमां लक्ष्मीको पुजन धनधान्य निरोग्य ।। 
८८) दिपावली जस्ले गर्छ औंसिको दिनमा ।
    यम यातना मुक्त हुन्छ पर्र्दैन घिनमा ।। 
८९) देवीका आठवटा स्वरुप श्रीदेवी द्विभुजा ।
    गजलक्ष्मी, महालक्ष्मी, वीर लक्ष्मीको पुजा ।।
९०) अष्टभुजावीर लक्ष्मी द्विभुजा वीर् लक्ष्मी । 
     प्रसन्न लक्ष्मीको पुजा पुज्छन अष्टलक्ष्मी ।। 
९१) सिंगारी झिलिमिलि बत्ती घर आँगन ढोका । 
     मूलढोका तेलको बत्ती ढुकुटीको कोठा ।। 

९२) लक्ष्मी पुजा गर्ने घरमा धन संपति आउँछ ।  
     लक्ष्मीको अपार कृपा सधैं सुख पाउँछ ।।                                         
९३) बिहान गाईको पुजा लक्ष्मी पुजा साँझ ।
    बत्ती वाली आगनमा रंगौलीका माझ ।। 
९४) घरमा लक्ष्मी प्रवेश गरुन् भन्ने विचार गरी । 
     लक्ष्मीका पाईलाका चित्र बनाई बाटो भरी ।। 
९५) ढुकुटी राखेको ठाउँ ढोका देखि ल्याउँछन् । 
     लक्ष्मीले ढुकुटी कोठा पाईला टेकि आउँछिन् ।।
९६) कमल पुष्पको शैया लक्ष्मी मूर्ति राखी ।
     लड्डु सेल मिठाई राख्छन् पुरा आशिष मागी ।। 
९७) जाईफल अलौचि ल्वाङ गाईको दुधमा पकाई । 
     सख्खर् मिसाई लड्डु बनाई लक्ष्मी भोग लगाई ।। 
९८) बलिराजा दानवीर तीन पाद भुमि दान । 
     वामन अवतार खुशी पाउँदा ठूलो मान ।। 
९९) बलिले सन्तुष्ट पार्दा विष्णु खुशी भए । 
     के माग्छौ वरदान दिन्छु भन्दै सामु गए ।। 
१००) यम पंचक दीपावली घरमा लक्ष्मी वास । 
      धन धान्य पुर्ण रहोस् कहिले नहोस नास ।। 
१०१)   स्कन्दपुराणमा वर्णन बलि राज्य बारे ।
        कसरी सुतललोक पुगे प्रकाश पारे ।।
१०२)   भृगुकच्छप यज्ञ थाले बलिले नर्मदा ।
        नर्मदा किनारको यज्ञ संझिन्छ सर्वदा ।। 
१०३)  बलिले मृत्र्य र स्वर्ग दुवै लोक जितेको । 
      बलिको युद्धको त्रास देउतामा बितेको ।। 
१०४) बलिको यज्ञलाई देखि देउता डराए । 
      विष्णुको समिप गई देव गण कराए ।। 
१०५) यो यज्ञ सफल भए बलि के पो गर्छन् । 
      बलिको पौरख देखि देव गण डर्छन् ।। 
१०६ )  भगवान विष्णु आए वामन रुप धारी । 
       तिन पाउँ जमिन दिने कसममा पारी ।। 
१०७) एक पाइलो आकाश ढाक्यो दोस्रो मत्र्यलोक । 
      तेस्रो पाउँ कहाँ दिने बलि प¥यो शोक ।। 
१०८ ) तेस्रो पाउँ राख्न दिन्छन बलि आफ्नो शिर । 
        बलिराजा पुगि गए सुतललोक तिर ।। 
१०९) सर्वस्वहरण भई सुतललोक गए । 
      बलिको दानलाई देखि विष्णु खुशी भए ।।
११०) विष्णुले वर माग भने बलि भन्न लागे । 
      प्रति वर्ष कार्तिकका तिन दिन मात्र मागे ।। 
१११) त्रयोदशी कृष्ण पक्ष शुक्ल प्रतिपदा ।
     तिन दिन राज्य पाउँ दर्शन पाउँ सदा ।। 
११२) तिन दिन बलिको शासन स्वर्ग पाताल मत्र्य । 
      भैलो देउसी माग्ने गर्छन् पूर्ण नृत्य ।। 
११३) तिन दिन मत्र्यलोक बलि राज हुन्छ । 
     बलिराज त्रिरात्र जसलाई तिहार भन्छ ।।  
११४) भैलो देउसी  खेल्ने भन्छन् बलिले पठायो । 
     धन  धान्यको आशिष दिन हामीलाई खटायो ।। 
११५) घर्धनी सेल्रोटी पैसा नाङ्लो माथि राखी । 
     भैलेरुलाई दिने गर्छन् शुभ आशिष मागी ।। 

११६) कातिक महिनाको दान ठूलो पुण्य भन्छन् ।
     घरबेटीले भैलेहरुलाई पैसा सेल दिन्छन् ।। 

चौथो दिन गोरु पुजा  

 ११७) चौथो दिन गोरु पुजा म्ह गोवर्धन ।
      चारैतिर खुसीयाली खुसी सबै जन ।। 
११८)   हलो बाउने गाडा तान्ने दाइँ गर्ने गोरु । 
       गोरुको पुजन गर्छन् धार्मिक व्यक्तिहरु ।। 
११९)  गोरुको सिंगारी सिङ घाँटी फुर्का माला । 
      सिङमा रंगीन फुर्का राता सेता काला ।। 
१२०)  काँधमा बेसार दलि चुक बेसार पकाई । 
      मिठा मिठा रोटी ख्वाउँछन् मार्न ठूलो थकाई ।। 
१२१) अन्न ख्वाउने जीउ पाल्ने खेत पाखो जोति । 
    रात दिन गाडा तान्ने खेती उब्जाई मोती ।।
१२२) मानव कर्तव्य ठान्छन् गोरु पुजा गर्नु । 
    गोरुका भाग्यमा हुन्छ हलो जोत्दै मर्नु ।। 
१२३) गोवर्धन पुजा गर्छन् गोबर पर्वत बनाई ।
    गोबर पुजा गोरु पुजा श्रद्धा भाव जनाई ।। 
१२४) त्रेतायुग गोकूल वासी इन्द्र पुजा गर्थे । 
     रिसाउँछन् कि इन्द्र भनि गोकुल वासी डर्थे ।। 
१२५) कृष्णले द्वापर युगमा इन्द्र पुजा रोके । 
    गोबर्धन पर्वतलाई ईश्वर मानी ढोगे ।। 
१२६ गोबर्धन पर्वतको पूजन चलायो ।
    गोकुल वासीका मनमा श्रद्धाभाव पलायो ।। 
१२७) इन्द्रलाई रिस लाग्यो घोर वर्षा ग¥यो ।
    गोकुल डुब्छ कि भन्ने ठूलो चोट प¥यो ।। 

१२८) कृष्णले गोवर्धन पर्वत एक औंलामा उठाई ।
     इन्द्रको धमण्ड चुर गोकुललाई बचाई ।। 
१२९) गोवर्धन पुजा चल्यो त्यसै दिन देखि । 
      ईन्द्रको धमण्ड टुट्यो झ¥यो पुरा सेखि 
१३०) म्ह पुजा नेवारको समुदायमा हुन्छ । 
     श्रीरको पुजन गर्दा आत्मा प्रबल बन्छ ।। 
१३१) आ–आफ्ना शरीरको पुजा आत्मा पुजा हुन्छ ।
      आत्मा खुशी ईश्वर खुसी शास्त्र यहि भन्छ ।। 
१३२) जीवन सार्थक हुन्छ शरीर पुजा गरे । 
     फलिफाप काम हुन्छ विश्वासमा परे ।। 
१३३) बिहानै स्नान गरि नयाँ लुगा लगाई । 
      पानी तेल पिठोबाट मण्डप लेखाई ।। 
१३४) पञ्चरंगी अबिर चामल अक्षता पूmल राखी ।
      मान्ने जनको टीका थाप्छन् आर्शिवाद मागी ।।
१३५) हाँसको पूmल, माछा,रक्सी, अदुवा चढाउँछन् ।
      अनार, ओखर, केरा मण्डपमा बढाउँछन् ।। 
१३६ बिमिरो फलपूmल मिठाई मरमसला पान ।
      मण्डपमा चढाई सकि दिन्छन् सबलाई खान ।। 
१३७) म्हँ पुजा  धुमधाम नेवार जाती गर्ने । 
      नेपाल संवत मान्छन् यम पंचकमा पर्ने ।। 

पाँचौ दिन भाइटिका

१३८) यम पंचकको पाँचौ दिन भाइटिका हुन्छ । 
      दाजुभाइ दिदी बहिनी प्रेम अमर वन्छ ।।
१३९)  यमुनाले यमराजलाई घरमा आउन डाकिन । 
       यमराजको आउने बाटो सधैं पर्खि राखिन  ।। 
१४०)   कार्तिकको शुक्ल पक्ष त्रयोदशी तिथि । 
        यमराज यमुना घर भेटन आए दिदी ।। 
१४१)   त्रयोदशी पाहुना बनि शुक्लको द्वितीया ।
        द्वितीयामा टीका थापी बिदाई तृतिया ।। 
१४२)   यमुनाले भाइबाट सदभाव पाइन् ।
        यमद्वितिया नाम रहोस भन्ने बिन्त्ति लाइन् ।।
१४३)    त्यसैबाट प्रतिवर्ष यम पंचक मान्छन् । 
         दाजुभाइ बैनीका घर टीका थाप्न जान्छन् ।।
१४४)   दिदी बहिनी भाइका घर कैले आपैm जान्छन् । 
       बहिनीका ल्याएका सौगात दाजुभाइ खान्छन् ।। 
१४५)  द्वितीया बिहानै उठी स्नान पुजा गरि । 
      चहल पहल हुन्छ पुरा घर भरि ।।
१४६ नयाँ लुगा लगाएर सजधज गरि । 
      सबैका मुखमा मुस्कान पुरा घर भरि ।। 
१४७) सफा भूईमा राडीपाखी गुन्द्री मान्द्रो दरि । 
     गलैचाया सतरन्जामा आफ्नो गछ्य हेरि ।। 
१४८) दाजुभाइको पश्चिम मुख दिदी बहिनी पूर्व । 
      टीका लाउँदा नफर्कनु दक्षिण उत्तर धु्रव ।। 
१४९) दीयो बाली क्रमै संग गणेश कलश ।
     पुजा गर्दा गणेश कलश सब् हुन्छ असल ।। 
१५०) अक्षता र तेल बोकि ओखर बिमीरो ।
      तेलको घेरा भाइलाई तीन चोटी घुमेर ।।

१५१) ओखर तिघ्राको मुनि तेलको रेखा हाल्दै । 
      भाइको टाउको माथि पूmल अक्षता फाल्दै ।। 
१५२) तिघ्राको मुनिको ओखर ढोका लगि फुटाई ।
      एकैचोटी फोड्नु पर्छ केहिन कुरा छुटाई ।।
१५३) दाजुभाइका  अनिष्टको अन्त्य भयो ठान्छन् ।
      ओखरलाई अनिष्ठको प्रतिक रुपमा मान्छन् ।। 
१५४) तेल्पानीको घेरा हाली छेकेको कारण ।
      ओखरमा अनिष्टले गरेको धारण ।। 
१५५) आउँदैन अनिष्ट कुनै तेल रहेसम्म ।
      अनिष्ट फुटेर गयो सुदिन् हुन्छ टम्म ।। 
१५६) दाजु भाइको कपाल र कानमा तेल लगाई । 
   भाइको कपाल कांगियो लगाई अनिष्टलाई भगाई ।।
१५७) टीका लाउने साइत हेरी टीका लगाईन्छ । 
       पु¥याई विधि र साइत अनिष्ट भगाइन्छ ।। 
१५८) सप्तरंगी टीका लगाई माला पहिराई दिन्छन् । 
      माला लगाई दही मिठाई खाद्य वस्तु लिन्छन् ।। 
१५९) सयपत्री मखमली दुवो माला लाउँछन् ।
      भाइवाट बहिनीले उपहार पाउँछन् ।। 
१६०) बहिनीलाई भाइले पनि टीका लगाई दिन्छन् ।
      दाजुबाट दिदीबहिनी दक्षिणादि लिन्छन् ।। 

१६१) बहिनीको मसला रोटी फलपूmल टोपी । 
      बहिनी आशिष माग्छन् दाजुलाई ढोगी ।।
१६२) दाजुभाइले लुगा पैसा बहिनी दिई ढोग्छन् ।
      दाजु भाइ दिदी बहिनी खुसीयाली पोख्छन् ।।
१६३) तेलको घेरालाई तोडी भाइ आउन पाउँछन् ।
      बहिनी नहुने व्यक्ति मन्दिरमा लाउँछन् ।।
१६४) नराख्नु निधार खाली बिना माला घाँटी ।
     सामुहिक टीका लाउँछन विशेष ठाउँ छांटी ।। 
१६५) यमद्वितिया भाइको पूजा भाइटीका भयो ।
      यमुनाको पुजा देखिन यम द्वितीया रह्यो ।।      
१६६) यो पर्वका धेरै नाम विभिन्न धर्मको ।
      वर्णन गरेको हुन्छ विधि र कर्मको ।। 
१६७) राज्याभिषेक रामचन्द्रको नरकासुरको बध ।
      यम पंचक भाइटीका हिन्दु धर्म पथ ।। 
१६८) वौद्ध धर्म बोधी प्राप्ती जैनको निर्वाण ।
     म्हँ पुजा नेवार जाति आत्माको निर्माण ।। 
१६९) पवित्र पर्व हो तिहार आदर स्नेहभाव ।
    बहिनीद्वारा दाजुभाइको दीर्धायूको ख्वाब ।।
१७०) सम्बन्ध प्रगाढ बन्छ भाइटीका पर्वले ।
     बहिनीका हातका टीका लगाउँछन गर्वले ।। 
१७१) रंगीचंगी वातावरण सबैजना खुशी ।
      अन्न टन्न पूmल फुलेका कोही छैन दुःखी ।। 
१७२) देउसी खेल्दै भैलो खेल्ने हर्षले नाच्दछन् ।
      चारैतिर खुशीयाली खुशीले हाँस्दछन् ।। 
१७३) बुढो भैलो खेल्ने चलन सुदूरपश्चिम अभैm ।
      विद्यालय चलाउन भैलो खेल्छन् सिधै ।। 
१७४) अधबैसे पाका मान्छे दैला दैला लाग्छन् । 
      सामाजिक कार्य गर्न बुढो मैलो  माग्छन् ।।
१७५) तिहारको मुख्य तिहार खुशीयाली ल्याउने ।
      बालाबुढा धनि गरिब सबमा सुख छाउने ।। 
१७६) वर्षायामको थकाई मार्छन् भैलोमा नाचेर ।
      मनका दर्द बिर्सि जान्छन् बेसरी हाँसेर ।। 
१७७) आपसी सद्भाव बढ्छ मनमुटाव हट्छ । 
      आपसको बैर भाव भैलो खेल्दा घट्छ ।।
१७८) सद्भावको तिहार यो सबैले मनाऔं।
      स्नेहभाव मैत्री भाव सबैले जनाऔं ।।

Related News

माघे सग्राँती (मकर सङ्क्रान्ति)
माघे सग्राँती (मकर सङ्क्रान्ति)
  • २०७८ कार्तिक १८

भक्त बहादुर बलायरप्रथम प्रकाशित मिती: २०७८ पुस २३पुनः प्रकाशित मिति...

TOP