केशवराज भट्ट
अत्तरिया,कैलाली
शहरहरु अचेल मौन छन्
र बस्तीहरु मौन छन्
टायर र ढुङ्गाहरु मौन छन
धुलाम्य सकडहरु मौन छन्
माइतीघरहरु शान्त छन् ।
सबै मौन छन र शान्त छन्
अनि मनहरु विचलित छन्
हरेक बिहानहरु अध्याँरा छन्
र प्रत्येक दिनहरु उराठ लाग्दा छन्।
कतै मौनता र कतै सन्नटा छ
अचेल यहाँ यस्तै यस्तै छ
र यस्तै यस्तै रहन्छ ।
अचेल हरेक दिन,
अस्पतालहरु मृत्यु दर्ता केन्द्र बनेका छन्
चिहानहरु लाश भर्ती केन्द्र बनेका छन् ।
र पनि यहाँ,
शासकहरु जुर्मुरीएका छन्
केवल सरकार परिवर्तन लागि
कुर्ची र पजेरोका लागि
मन्त्रि बन्न र बनाउनका लागि ।
अनि तिनका मान्छेहरु व्यवस्थापनका लागि ।
जताततै मान्छेहरुको रुवाबासी छ
केवल,
एउटा अक्सिजन सिलीन्डरका लागि
मात्रै एक अक्सिजन सिलीन्डरका लागि ।