२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

यसरी पकाउनुस् पालुंगोसँग माछा

दसैंमा खसी र कुखुराको मासु मात्र खाएर दिक्क हुनुहुन्छ भने माछाका परिकारले तपाईंको स्वाद फेर्न सक्छ। माछा खान रूचाउनेहरूका लागि नयाँ परिकार के खाने भन्ने पनि होला। 

‘फ्राइड फिस विथ स्पिनाच’ अर्थात् पालुंगोको सागसँग माछा पकाएर खाँदा तपाईंलाई पक्कै मनपर्ला। यो कसरी बनाउने हामीले यहाँ सिकाएका छौं सेफ बिक्रम श्रेष्ठको सहयोगमा।

यो बनाउन सर्वप्रथम यी सामग्रीहरू जुटाउनुपर्छ।

  1. २ सय ५० ग्राम माछाको पिस
  2. ४० ग्राम पिठो
  3. १ चम्चा  बेकिङ पाउडर
  4. अण्डा
  5. १०० देखि १५० मिली दूध
  6. २ वटा कागतीको टुक्रा
  7. हरियो धनियाँ
  8. लसुनको तेल
  9. ओलिभ आयल (जैतुनको तेल)
  10. पालुंगो साग (अलिकति)

सामग्री जुटाइसकेपछि अब ‘फ्राइड फिस विथ स्पिनाच’ बनाउन सुरू गर्दा हुन्छ।

माछाका पिस वा सिंगै माछालाई कचौरामा राख्नुस्। ठुलो कचौरामा नुन, बेकिङ पाउडर र पिठो राख्नुस्। साथै त्यसमा अण्डा र दूध पनि राख्नुस्।

अब माछालाई फ्राइङ प्यानमा राख्नुस्। यसमा कागती पनि थप्नुस्। माथिबाट धनियाँ राख्ने र हल्का पानी राखेर राम्रोसँग पकाउने।

त्यति नै बेला लसुनको स्वादमा रहेको तेल तताउने। मन्द आगोमा पकाएको यो तेलमा पालुंगोको साग राख्ने। अनि यसमा हल्का पानी राखेर पकाउने। यो राम्रोसँग पाकेपछि यसमा रहेको सबै पानी हटाउने। पानी हटाइसकेपछि यसलाई काट्ने। यसमा हल्का रातो खुर्सानीको धुलो छर्कने।

अब अघि उसिनिएको माछलाई ओलिभ आयलमा फ्राइ गर्ने। ८ देखि १० मिनेट फ्राइ गरेपछि यो तयार हुन्छ। अब ‘फ्राइड फिस विथ स्पिनाच’ तयार भयो। 

Related News

वीर बहादुर बलायर: इतिहास, वर्तमान र भविष्यको बिम्ब !
वीर बहादुर बलायर: इतिहास, वर्तमान र भविष्यको बिम्ब !
  • २०७७ कार्तिक १२

श्यामराज ओझा नेपालको हालको शासकीय स्वरूप विश्वका उत्कृष्ट मध्य पर्छ।...

TOP